Headline

मैलें स्मिथलाई प्रशिक्षण दिन्न, स्मिथ आफैले आफैलाई प्रशिक्षण दिन्छन् : जस्टिन ल्याङ्गर

Published

on

पछिल्लो टेस्टहरुमा स्टिभ स्मिथ निकै खराब फर्मबाट गुज्री रहेका छन् । भारत विरुद्ध जारी बोर्डर-गभास्कर ट्रफी अन्तर्गत दुई टेस्टको चार पारीमा उनले मात्र १० रन बनाएका छन् भने एक पारीमा त डक आउट नै हुन पुगे ।

गत दशकमा गरेको प्रदर्शनका लागि स्मिथ आईसीसी टेस्ट प्लेयर अफ द डिकेड (दशकको उत्कृस्ट टेस्ट खेलाडी) घोषित भए । तर यस दशकको सुरुवात भने स्मिथका लागि निकै खराब रह्यो । गत दुई टेस्टमा उनले अफ स्पिनमा, विषेश गरि रविचन्द्रन अश्विनको बलमा संघर्ष गरेका थिए ।

अष्ट्रेलियन टोलीका पुर्व कप्तान स्मिथले एकदिवसीय खेलमा भने उत्कृस्ट प्रदर्शन गर्दै दुई शतक प्रहार गरेका थिए । तर टेस्टमा भने उनको ब्याटबाट रन निक्लिन सकेको छैन । शृंखलामा अझै दुई खेल बाँकी रहेको अवस्थामा अष्ट्रेलिया उनको राम्रो प्रदर्शनको आशामा रहेको छ ।

अष्ट्रेलियन टोलीका प्रशिक्षक जस्टिन ल्याङ्गर स्मिथ चाडै फर्ममा फर्कने भन्दा भारतलाई चेतावनी दिन्छन् र भन्छन्, ‘राम्रो खेलाडीहरु कहिले पनि लामो समय खराब फर्मबाट गुज्रदैनन् ।’

‘तपाई सोच्नुहोस् न जब उनी राम्रो ब्याटिङ गर्दछन् हामी कस्तो बलियो अवस्थामा हुन्छौं, म त्यसरी हेर्छु । हो उनको पछिल्लो दुई खेलमा राम्रो गर्न सकेका छैनन् । त्यो मैले स्मिथलाई भन्नै पर्दैन । उनी आफै स्विकार छन् ।’

उनी अघि थपछन्, ‘कसैले मलाई स्मिथलाई यस्तो खराब प्रदर्शन गरेको अवस्थामा कस्तो प्रशिक्षण दिने गर्दछौ भनेर सोध्यो भने म हास्ने बाहेक केहि भन्न सक्दिन । म स्मिथलाई प्रशिक्षण दिन्न । स्मिथ आफैले आफैलाई प्रशिक्षण दिन्छन् । म यसमा विश्वस्त छु कि स्मिथले यसमा आफैले काम गर्दैछन् ।’

चार टेस्टको शृंखला १-१ को अवस्थामा रहेको छ । टेस्ट टेस्ट भोलीबाट सिड्नीमा सुरु हुँदैछ ।

Click to comment

Trending