Headline

लिग कपको फाइनल प्रवेशका लागि दुई म्यानचेस्टर टोली भिड्दै

Published

on

इङ्लिश लिग कपको ६२ औँ संस्करणको फाइनल प्रवेशका लागि बिहीबार राती हुने खेल सेमिफाइनल खेलमा म्यानचेस्टर रा दुई ठुला टोली म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी बिच खेल हुँदै छ ।

युनाइटेडको घर ओल्ड ट्राफोर्डमा हुने खेलमा फममा रहेको म्यानचेस्टर युनाइटेडलाई २०१७ पछिको आफ्नो पहिलो फाइनल खेल्ने मौका हुने छ । लिग कपको पाँच पटकको बिजेता रहेको म्यानचेस्टर युनाइटेडलाई फाइनल प्रवेशका लागि सात पटकको बिजेता म्यानचेस्टर सिटीको सामना गर्नु पर्ने छ । प्रिमियर लिगमा ३३ अंक सहित एक खेल कम खेल्दै पहिलो स्थानको लिभरपुलसँग अंक बराबरी गरिरहेको युनाइटेडका लागि यो खेलले खेलाडीहरुको क्षमता हेर्नका लागि निकै राम्रो प्रतियोगिता हो ।

सिटीका लागि भने यो प्रतियोगितानै युवा खेलाडीहरुको बिकासको लागि रहने गरेको छ । सिटीले लिग कपको खेलहरुमा निकै युवा खेलाडीहरु उतार्ने गरेको छ तर यो पटक भने सेमिफाइनलमा डर्बीनै परेका कारण पनि केही प्रतिस्पर्धात्मक खेलको आशा गरिएको छ ।

सिटीका धेरै खेलाडीहरुमा कोरोना संक्रमण देखिएका कारण पनि यो खेलमा सिटीले केही युवा टोली उतार्ने पनि विश्वास गरिएको छ । युनाइटेडका लागि पनि बेन्चमा रहेका केही युवा खेलाडीहरुलाई मौका दिने अवसर हुने छ ।

यो खेलमा जित हात पार्ने टोलीले वेम्बलीमा पहिलो सेमिफाइनलको बिजेता टोटनह्याम हस्ट्स्परसँग खेल्ने छ । फाइनलको मिती भने फुटबल एसोसिएसन (एफए) हाल सम्म ले तोकेको छैन ।

Click to comment

Trending