Headline

तेश्रो टेस्टका लागि भारतले ओपनर केएल राहुललाई पनि गुमायो

Published

on

अष्ट्रेलियाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई अर्को खेलाडीको चोटको पिरलो थपिएको छ ।

यस अघि चोटका कारण तिब्र गतिका बलरद्वय मोहम्मद शामी र उमेश यादव चोटका कारण अष्ट्रेलिया भ्रमणबाट बाहिरिसकेका छन् । अब घाइते भएर भारत फर्कने सुचीमा ब्याट्सम्यान केएल राहुल पनि थपिएका छन् ।

यस अघिका दुई टेस्टमा खेल्ने अवसर नपाएका राहुलको नाडी मड्किए पछि उनी बाँकी दुई टेस्ट खेल्न नसक्ने भएका छन् । राहुलको चोट पूर्ण ठिक हुनका लागि कम्तिमा तीन हप्ता लाग्नेछ । भारतीय क्रिकेट बोर्डले यसको पुष्टि गर्दै बिज्ञप्ति  निकालेको छ । उसले आफ्नो बिज्ञप्तिमा भनेको छ, ‘गत शनिबार अभ्यासका क्रममा राहुलको नाडी मड्किन गयो । पूर्ण निरिक्षण गर्दा उनले पूर्ण ठिक हुँदै खेलमा फर्कन कम्तिमा तीन हफ्ता लाग्ने छ ।’

राहुलले अब बेंगलोर स्थित नेसनल क्रिकेट एकेडेमीमा रहेर शामी र यादवसँग आफ्नो चोटको उपचार गर्ने छन् । दोश्रो टेस्टका क्रममा यादवको पिंडौलामा चोट लागेको थियो भने पहिलो टेस्टमा ब्याटिङ गर्ने क्रममा प्याट कमिन्स बल हातमा लाग्दा शामीको नाडी भाँचिएको थियो ।
चार खेलको शृंखला १-१ को बराबरीमा रहेको छ । पहिलो खेलको दोश्रो पारीमा ३६ रनमा आउट हुँदा पहिलो पारीमा अग्रता लिंदा पनि भारतले खेलमा आठ विकेटको हारको सामना गरेको थियो भने दोश्रो टेस्टमा घरेलु टोलीलाई आठ विकेटले नै पराजित गर्दै भारतले शृंखला १-१ को स्थितीमा पुर्याएको हो ।
भारत र अष्ट्रेलिया बीचको तेश्रो खेल बिहिबारबाट सिड्नीमा हुनेछ ।

Click to comment

Trending