Headline

चेल्सीमा के भइरहेको छ मैले बुझ्नै सकेको छैन: सिल्भा 

Published

on

चेल्सी डिफेन्डर थियागो सिल्भाले आफ्नो क्लबको खेल किन बिग्रिरहेको बुझ्नै नसकेको प्रतिक्रिया दिएका छन् ।

ब्राजिलका पुर्व कप्तान सिल्भाले गत आइतबार म्यानचेस्टर सिटीसँग व्यहोरेको ३-१ को हारका बारेमा बोल्दै आफ्नो क्लबको फर्मका बारेमा केहि भन्न सक्ने अवस्थामा नरहेको जनाएका हुन् ।

सिटीसँग पराजित भएसँगै यो सिजन पाँचौं हार व्यहोरेको चेल्सी अंक तालिकाको आठौँ स्थानमा झरेको छ ।

यसै सिजन फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) बाट स्ट्यामफर्ड ब्रिज आएका सिल्भाले राम्रो सुरुवात गर्ने अवसर पाए । तर क्लबले जस्तो खेल सिटी विरुद्ध खेल्यो त्यसमा उनी आफै पनि खुशी छैनन् ।
यद्यपि, सिल्भा सिजनको दोश्रो लेगमा द ब्लुजले बाँकीको खेलहरुमा उत्कृष्ट नतिजा निकाल्दै आफ्नो भाग्य बदल्न सक्ने सामर्थ्य राख्ने धारणा व्यक्त गरे ।
एक अन्तर्वार्ताका क्रममा पत्रकारले केहि खेलहरुमा चेल्सीमा के बिग्री रहेको छ भन्ने प्रश्नमा उनले भने: “मलाई पनि थाहा छैन के बिग्रीरहेको छ अथवा के मिलिरहेको छैन । यदि मैलें यस विषयमा केहि थाहा पाउन सकेको भए मैलें पनि केहि सर-सल्लाह दिन सक्थें । तर यो फुटबल हो, यो इङ्ग्लिस प्रिमियर लिग हो, विश्वकै कठिन प्रतियोगिता मध्य एक हो ।”
“तपाई निकै चनाखो हुन पर्दछ, मिहिनेत गर्न पर्दछ, मजबुत टोली हुन पर्दछ । जहाँ सम्म टोलीको कुरा छ हाम्रो टोली राम्रो छ । आशा छ अब दोश्रो लेगमा हाम्रो प्रदर्शन पहिलोमा भन्दा राम्रो हुनेछ ।”
“हामीले सिटी विरुद्ध धेरै भन्दा धेरै बल खेल्ने प्रयास गर्यौं । यसमा हामी सफल पनि भयौं । बल पोजेसन हाम्रो पकडमा नै थियो तर खेलमा भने नतिजा निकाल्न सकेनौं । यो फुटबल हो कहिले काहिँ यस्तो हुन्छ । हामीले अब यो खेलको बारेमा धेरै सोचेर बस्न भन्दा पनि अर्को खेलको तयारी गर्न पर्दछ,” सिल्भाले थपे ।
चेल्सीले अब एफए कपको तेश्रो चरणको खेलमा लिग टुको टोली मोरेकाम्बे विरुद्ध आगामी आइतबार खेल्ने छ भने त्यसको पाँच दिन पछि प्रिमियर लिग अन्तर्गत फुलह्याम विरुद्ध उसको घरेलु मैदानमा भिड्ने छ ।

Click to comment

Trending