Headline

साउथह्याम्प्टनसँग लिभरपुल पराजित

Published

on

ड्यानी इङ्सले खेल सुरु भएको दोस्रो मिनेटमै गरेको गोल निर्णायक बन्न पुग्दा साउथह्याम्प्टनले लिभरपुलाई १-० ले हराएको छ ।

हारसँगै लिभरपुलले शिर्ष स्थानमा तीन अंकको अग्रता लिने मौका गुमाएको छ । साउथह्याम्प्टन भने लिभरपुललाई हराउदै २९ अंकका साथ छैठौँ स्थानमा उक्लिएको छ ।

साउथह्याम्टनमा सोमबार राति भएको खेलमा लिभरपुल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । ड्यानी इङ्सले खेलको दोस्रो मिनेटमै जेम्स वार्ड प्रोउजको पासमा गोल गरेको थियो । एक गोलले पछि परेको लिभरपुलले साउथह्याम्प्टनलाई लगातार दवावमा राखेपनि गोल गर्न असमर्थ बन्यो पहिहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा साडियो मानेले गरेको प्रहारले पोस्टको दिशा लन नसक्दा लिभरपुल चुक्यो ।

८४ औँ मिनेटमा साउथह्याम्टनले दोस्रो गोल गर्ने गर्ने सुन्दर अवसर गुमाएको थियो । भालेरीले गरेको प्रहारलाई हेन्डरसनले गोललाइनबाट क्लियर गरे पछि साउथह्याम्प्टन गोल गर्नबाट चुकेको थियो । प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यस अघी लिभरपुल एस्टन भिल्लासँग ७-२ ले पराजित भएको थियो ।

लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको पनि ३३ अंक छ ।

Click to comment

Trending