Headline

पुर्व कप्तान पारस कोरोना मुक्त 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का कोरोना मुक्त भएका छन् ।

केहि समय अघि सामाजिक संजाल मार्फत आफुलाई कोरोना भएको र आइसोलेसनमा रहेको जनाएका पारसले सोमबार कोरोना मुक्त भएको पनि सामाजिक संजाल मार्फत नै जानकारी गराएका हुन् ।

उनले सामाजिक संजालमा २५ दिन पछि आफ्नो पिसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै आफ्नो स्वस्थ प्रति चासो राख्ने सबैलाई धन्यवाद पनि दिएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका बेलामा कोरोनाको सामान्य लक्ष्यण मात्र देखिए पछि उनी आइसोलेसनमा रहेका थिए । पछि स्वाद पनि हराए पछि उनले पिसीआर परिक्षण गराएका थिए ।

कोरोना भएकै कारण पारसले गत महिना चितवन स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना क्रिकेट मैदानमा संचालन भएको गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता पनि गुमाएका थिए ।

पारस अब केहि समयमा नै अबु धाबीमा आयोजना हुने टि१० लिगका लागि युएई तर्फ लाग्ने छन् । अबु धाबी टि–टेन लिगका लागि टिम अबु धाबीले पारसलाई आफ्नो मेन्टर नियुक्त गरेको छ । अघिल्लो संस्करणमा अबु धाबीबाट नै खेलेका पारसले यस बर्ष भने आफ्नो भूमिका परिवर्तन गरेका हुन् । अघिल्लो संस्करणमा तीन खेल मात्र खेल्ने मौका पाएका पारसले दुई खेलमा जम्मा चार बल मात्र खेल्न पाएका थिए भने आफ्नो ब्याटबाट चार रन जोडेका थिए । त्यस्तै उनले एक खेलमा मात्र बलिङ गर्ने मौका प्राप्त गर्दा दुई ओभरमा ३० रन खर्चिएर एक विकेट लिएका थिए ।

केहि समय अगाडी क्रिकेटिंङ्गनेपालसँग कुरा गर्दै पारसले आयोजक र बिशेष गरि टिम अबु धाबीसँगको छलफल पछि नै आफुले मेन्टरको भूमिका रोजेको जनाएका थिए । त्यस्तै पारसले आफु मेन्टर हुँदा नेपाली क्रिकेट र नेपाली युवा खेलाडीले मौका प्राप्त गर्नेमा आशावादी रहेको धारणा राखेका थिए । पारसको अगुवाइमा नै अबु धाबीमा नेपाली टोलीका युवा अलराउण्डर कुशल मल्ल आबद्ध भएका छन् भने यस पटक तिब्र गतिका बलरद्वय सोमपाल कामी र कारण केसीले पनि उक्त लिग खेल्ने छन् ।

गत बर्ष नोभेम्बरमा भएको प्रतियोगिता यस बर्ष कोरोनाका कारण समयमा हुन सकेन । अबु धाबी टि–टेन लिगको आगामी संस्करण अबु धाबी स्थित शेख जायद क्रिकेट रंगशालामा २०२१ जनवरी २८ देखि फेब्रुवरी ६ तारिखसम्म आयोजना हुदैछ ।

Click to comment

Trending