Headline

दक्षिण अफ्रिका विरुद्धको दोश्रो टेस्टमा श्रीलंका हार तर्फ उन्मुख

Published

on

घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको दोश्रो टेस्टमा श्रीलंका हार तर्फ उन्मुख भएको छ ।

आफ्नो पहिलो पारीमा १५७ रनमा समेटिएको श्रीलंकाले दक्षिण अफ्रिकालाई पहिलो पारीमा ३०२ रनमा रोक्न सफल भए पनि आफ्नो दोश्रो पारीमा ३९ ओभर खेल्दै १५० रन बनाउँदा चार विकेट गुमाएको छ र पाँच रनको अग्रता मात्र लिन सकेको छ ।

पहिलो पारीमा श्रीलंकालाई १५७ रनमा समेटेको दक्षिण अफ्रिकाले पहिलो दिनको खेलको समाप्तीमा आफ्नो पहिलो पारीमा १४८ रन बनाएको छ र मात्र नौं रनले पछि रहेको छ ।

श्रीलंकाको लागि दोश्रो पारीमा कप्तान दिमुथ करुनारत्ने ९१ रनमा अविजित रहेका छन् भने लाहिरु थिरिमाने ३१ रनमा आउट भए । त्यस्तै विकेट किपर ब्याट्सम्यान निरोशन डिकवेला १८ रनमा अविजित छन् ।

दक्षिण अफ्रिकाका लुंगी एनगिदीले तीन तथा एंरिच नोर्किएले एक विकेट हात पारेका छन् ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारीमा ७५ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ३०२ रन बनाउन सक्यो । दोश्रो दिनको खेल एक विकेटको नोक्सानीमा १४८ रनबाट सुरु गरेको दक्षिण अफ्रिकाले १५४ रन जोड्दा बाँकी नौं विकेट गुमाउन पुग्यो।

दक्षिण अफ्रिकाको लागि अघिल्लो दिन ९२ रनमा अविजित रहेका ओपनर डिन एल्गर १२७ रन बनाएर तथा ४० रनमा अविजित रहेका रस्सी भान ड़र डस्सेनले ६७ रन जोड्दै आउट हुन पुगे । त्यस बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् ।

दोश्रो दिनको खेलमा दक्षिण अफ्रिकालाई रोक्ने क्रममा विश्वा फर्नान्डोले सर्वाधिक पाँच विकेट हात पारे भने असिथा फर्नान्डो र दसुन शनाकाले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि एंरिच नोर्किएले छ विकेट हात पार्दा श्रीलंका ४० दशमलब तीन ओभर खेल्दै १५७ रनमा समेटिन पुग्यो ।

१४ दशमलब तीन ओभर बलिङ गरेका नोर्किएले एक मेडन सहित ५६ रन खर्चिएर छ विकेट हात पारेका हुन् । उनी बाहेक वियान मुलदारले तीन तथा लुथो सिपाम्लाले पनि एक विकेट हात पारे ।

श्रीलंकाका कुशल परेराले सर्वाधिक ६० रन बनाए भने हसरंगा डि सिल्भा र दुश्मन्था चमिराले पनि क्रमश २९ र २२ रनको योगदान दिए ।

आफ्नो दोश्रो विकेट ७१ रनको अवस्थामा गुमाएको श्रीलंका त्यस पछि भने सम्हालिन सकेन । त्यस पछि बलरद्वय डि सिल्भा र चमिराले आठौँ विकेटका लागि ३९ रन जोडे ।

दुई खेलको शृंखलामा दक्षिण अफ्रिका १-० ले अघि रहेको छ । यस अघि सेंचुरियनमा भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले एक पारी र ४५ रनले जित हात पारेको थियो ।

Click to comment

Trending