Headline

क्रिकेटमा सबैभन्दा भारी ब्याट प्रयोग गर्ने ५ ब्याट्स्म्यान

Published

on

जति भारि भ्याट, त्यति ठूलो शट । क्रिकेटमा भारी ब्याटको प्रयोगले ब्याट्स्म्यानहरुलाई रन बनाउन सहयोग पुग्ने गर्छ । तर भारी ब्याटको प्रयोग निकै कम ब्याट्स्म्यानहरुले गर्ने गर्छन । ब्याटको वजनले ब्याट्स्म्यानको बडी मुभमेन्टलाई नै प्रभाव गर्ने गरेको हुन्छ, र अन्तत ब्याट्स्म्यानको खेललाई नै । त्यसैले निकै बिचार पुर्याएर ब्याट्स्म्यानहरुले भारी ब्याट प्रयोग गर्ने गर्छन् ।

बिश्व क्रिकेटमा को–को हुन् त सबैभन्दा भारी ब्याटको प्रयोग गर्ने पाँच ब्याट्स्म्यान ?

सचिन तेन्दुल्करः ब्याट–एमएरएफरएडिडास मास्टर ब्लास्टर (तौल– १.४७ केजी)

सानो कद भएपनि सचिन तेन्दुल्कर निकै बलिया खेलाडीहरुमध्ये पर्ने गर्छन् । करिअरको शुरुवात गर्दा कद सानो र निकै दुब्ला रहेका सचिनले समयसँगै निकै मिहिनेत गर्दै आफूलाई बिश्व क्रिकेटका अन्य बलिया खेलाडीहरुको तुलनामा उभ्याएका थिए ।

उनले १ दशमलव ४७ किलोग्रामको ब्याट प्रयोग गर्थे जुन उनले क्रिकेट खेल्दाको सबैभन्दा भारी ब्याट प्रयोग गर्ने गरेका थिए । उनले त्यति भारी ब्याट कसरी तिब्र गतिमा स्विङ्ग गर्ने सके, सबै अचम्ममा पर्ने गर्दथे । सचिनले शारजाह कपमा अष्ट्रेलियाबिरुद्ध यही वजनको ब्याटले अद्वितीय रुपमा स्विङ्ग गर्दै खेलेका दुई इनिङ्गस हेर्ने हो भने पनि उनको उत्कृष्टतालाई साबित गर्न पर्याप्त छ ।

आन्द्रे रसेलः ब्याट– स्पार्टन ड्रे रस (तौल–१.२ केजी)

निकै नै आक्रमक खेल खेल्दै बिशाल र लामो छक्का प्रहार गर्न सक्ने वेष्ट इण्डिज ब्याट्स्म्यान आन्द्रे रसेल अहिले बिश्व क्रिकेटमा स्थापित नाम हो । बिशेषगरि फ्रान्चाइज क्रिकेटमा रसेलको डिमान्ड निकै हाइ छ । उनले खेल्ने गरेको आक्रमक इनिङ्गसमा उनको ब्याटको भुमिका अहम छ । अर्का वेष्ट इण्डियन ब्याट्स्म्यान क्रिस गेलको सुझावमा नै रसेलले भारी ब्याटको प्रयोग गर्न थालेका हुन् । आन्द्रे रसेलको भारी ब्याटको कमाल युट्युबमा भएका उनको खेलका भिडियोहरुले स्पष्ट देख्न सकिन्छ ।

क्रिस गेलः ब्याट – स्पार्टन सिजी द बोस (तौल–१.३६ केजी)

गेल जस्ता अग्ला र बलिष्ठ खेलाडीले भारी ब्याटको प्रयोग गर्नु कुनै अचम्मको कुरा होइन । युनिभर्स बोस नाम रहेको उनको ब्याट उनकै खेलसँग मेल खाओस भनेर नै डिजाइन गरिएको हो । क्रिस गेलले खेल्ने शटहरुको बिषयमा यहा बयान गरिरहनुपर्छ जस्तो लाग्दैन ।

लान्स क्लुजनरः ब्याट–एसएस जुलु (तौल–१.५३ केजी)

पुर्व दक्षिण अफ्रिकी अलराउण्डर लान्स क्लुजनरको निक नेम पनि उनको ब्याटकै नाम हो, जुलु । क्लुजनर बिश्व क्रिकेट इतिहासमै सबैभन्दा भारी ब्याट प्रयोग गर्ने क्रिकेटर हुन् । लिखित इतिहासमा अन्य कुनै ब्याट्स्म्यानले यो भन्दा भारी ब्याट प्रयोग गरेको थाहा छैन । सानो ह्याण्डल रहेको यो ब्याट र क्लुजनरको महानता सयौं बलरहरुको लागि टाउको दुखाइको बिषय थिए ।

बिरेन्दर सहवागः ब्याट–एसजी (तौल–१.३५ केजी)

वेष्ट इण्डिजका महान ब्याट्स्म्यान भिभियन रिचर्ड्सपछि आक्रमक क्रिकेटमा क्रान्ति ल्याउने ब्याट्स्म्यान विरेन्दर सहवागको ब्याट ह्यामर नै थियो भन्ने धेरै थिए । सहवागले यो वजनदार ब्याटको भरपुर प्रयोग गरे र यसै ब्याटबाट आफ्नो खेल जीवनकै दुई उत्कृष्ट इनिङ्गस, टेस्टमा दुई तेहोरो शतक, खेलेका थिए । यति भारी ब्याटको प्रयोग गर्दै सहवागल क्रिजमा फुट मुभमेन्ट बिनै प्रहार गर्ने गरेका शटहरु साच्चिकै हेर्न लायक छन् ।

Click to comment

Trending