राष्ट्रिय

स्पोर्टस अवार्डलाई क्राउन प्लाजाको साथ

Published

on

१७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि होटल क्राउन प्लाजाले प्रयोजन गरेको छ ।

आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रमबीच क्राउन प्लाजासंग सह–प्रायोजकको रुपमा सम्झौता गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

लामो समयदेखि अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा सहकार्य गर्दै आएको क्राउन प्लाजाले सम्झौतालाई यस वर्ष पनि निरन्तरता दिएको हो । क्राउन प्लाजाका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदप्रतिको लगावका कारण अवार्ड कार्यक्रमलाई पनि साथ दिदै आएको बताए । आगामी दिनमा समेत अवार्ड र खेलकुद कार्यक्रममा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।

मञ्चका अध्यक्ष सुबेदीले जटिल अवस्थामा पनि हस्पिटालिटी पार्टनर भएर सहकार्य गरेकोमा क्राउन प्लाजाप्रति कृतज्ञता ब्यक्त गरे ।

सम्झौता अनुसार क्राउन प्लाजाले करिब ५ लाख रुपैयाँ बराबरको सेवा अवार्ड कार्यक्रमलाई उपलब्ध गराउनेछ ।

घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुदैछ ।

अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको भोटिङका लागि ई–सेवासाग पनि सम्झौता भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् ।

Click to comment

Trending