Headline

टाँट पल्टिदै स्पेनिस महारथी बार्सिलोना !

Published

on

स्पेनिस फुटबलको महारथी बार्सिलोनाको अवस्था गम्भीर र नाजुक छ, निकै नै नाजुक ।

यो बार्सिलोनाको पदाधिकारीहरुले दिएको राजीनामाको बिषय होइन । यो त बार्सिलोनाको आर्थिक अवस्थाको यथार्थ हो ।

सुन्दा अचम्म लाग्न छ र शायद धेरैले बिश्वास पनि नगर्लान् । तर यो यथार्थ हो । बार्सिलोना टाँट पल्टिने अवस्थामा रहेको छ । यसको घोषणा स्वयम बार्साले नै यसै बर्षको शुरुवातमा नै गर्न सक्नेछ ।

तर विश्व फुटबल कै चर्चित तथा सफल क्लब कसरि टाँट पल्टिने अवस्थासम्म आइपुग्यो त ? यहाँ हामीले केहि तथ्यहरु जान्न र बुझ्न आवश्यक छ ।

बार्सिलोनाले कोरोनाका कारण क्लबको आम्दानीको श्रोत घटेको कारण आफ्ना खेलाडीलाई ३० प्रतिशत तलब कटौती गर्न भन्यो र खेलाडीहरुले पनि यसमा सहमति जनाए । बार्सिलोनाले यस सिजनको शुरुवात देखि यहि डिसेम्बर सम्ममा खेलाडीहरुलाई दिने तलबमा २ सय २० मिलियन डलर कटौती गर्न पर्ने हुन सक्छ । यदि बार्सिलोनाले यो समय सम्ममा उक्त रकम कटौती गर्न असफल हुन्छ भने भने उसले यसै महिना भित्र आफु टाँट पल्टिएको घोषणा गर्नु पर्ने हुन्छ ।

बार्सिलोनाले आफ्नो कुल आम्दानीको ६७ प्रतिशत अर्थात् ७ सय मिलियन डलर खेलाडीहरुको तलब र अन्य आर्थिक मामिलामा खर्च गर्ने गर्दथ्यो । तर पछिल्लो एक १० महिना बार्सिलोनाको आम्दानी अप्रत्यासित रुपमा घट्दा उसको ऋण बढेको छ । यसको कारण अवस्था निकै गम्भीर बन्न पुगेको छ ।

बार्सिलोनाको आम्दानीको श्रोत मध्ये एक हो उसको रंगशालामा आउने समर्थक । तर कोरोनाका कारण मार्चमा रोक्किएको फुटबल फर्किए पनि समर्थकले मैदान प्रवेश गर्न पाएका छैनन् । टिकट बेचेर हुने आम्दानी शुन्यमा झरेको छ ।

त्यस्तै बार्साको अर्को आम्दानी भनेको बार्सिलोना घुम्न आउने पर्यटक हुन् । तर कोरोनाका कारण पर्यटकको संख्यामा गिरावट आउँदा बार्सिलोनाको आम्दानीमा पनि गिरावट आएको छ । बार्सिलोनाले यसैमा मात्र कर कटौती पछि ११३ मिलियन डलर गुमाएको छ ।

यसै सिजनको सुरुवातमा बार्साले लुइस सुवारेज, अर्टुरो भिडाल र इभान राकिटिच जस्ता खेलाडीलाई बेचेर खराब आर्थिक अवस्थामा मलम लगाउन प्रयास गरेको थियो तर यसले उनीहरुलाई समस्याबाट मुक्त गराएको छैन ।

बार्सिलोनाको जारी सिजनको बजेट ८ सय ५२ मिलियन डलर रहेको छ । बार्सिलोनाले आफ्नो आर्थिक अवस्था सुधार्नका लागि तत्काल आम्दानीको अर्को स्रोत जुटाउनु पर्ने हुन्छ । यदि यसमा पनि उ असफल भए खेलाडी, पदाधिकारी तथा अन्य रकम ढिलो गरेर मात्रै दिन सक्नेछ ।

तर बार्सा यो अवस्थामा आउनु एक मात्र कारण कोरोना भने होइन् । कमजोर व्यबस्थापन पनि यसको मुख्य कारण मध्ये एक हो । बार्सिलोनाको ऋण आहिले ५ सय ६७ मिलियन डलर रहेको छ ।

अहिले मात्र होइन पछिल्ला केहि बर्ष देखि बार्सिलोनाको आर्थिक अवस्था निकै खराब बन्दै गएको थियो । खेलाडीहरुको ट्रान्सफरमा खराब व्यवस्थापन गर्न पुग्दा यो स्थिति आइपरेको हो । बार्सिलोनाको कुल ऋण मध्ये ३ सय २ मिलियन डलर ट्रान्सफरबाट लागेको हो ।

सुवारेज, भिडाल र राकिटिच जस्ता खेलाडीहरु बेचेर पनि बार्सिलोनाले आर्थिक भार कम गर्न सकेको छैन ।

बार्साले पुरानो ट्रान्सफरबाट ९३ मिलियन डलर तिर्न बाँकी नै छ । बार्सिलोनाले अझै पनि लिभरपुल, आयाक्स र भ्यालेन्सियालाई पुरानो बक्यौता तिर्न बाँकी छ । क्लबले सन् २०१९ को अन्त्य सम्ममा यो सबै रकम तिर्ने प्रतिबद्धता जनाए पनि २०२० सकिंदा सम्म पनि तिर्न सकेको छैन ।

खेलाडीहरुको नयाँ सम्झौता र लियोनेल मेस्सीको तलब र सुबिधाले पनि बार्सिलोनाको आर्थिक भार बढाएको छ । तर मेस्सी नभएको खण्डमा बार्सिलोनाको अवस्था के हुन्छ होला । बार्साले आफ्नो खराब आर्थिक अवस्थाबाट राहत पाउने आशामा यसै सिजनको सुरुवातमा मेस्सीलाई कुनै क्लबले भित्रउन चाहेको खण्डमा ७ सय मिलियन डलर खर्च गर्न पर्ने सर्त राखेको थियो ।

बार्सिलोनाले जुलाई २०२० मा अमेरिकाको एउटा बैंकबाट ९ सय ३० मिलियन ऋण लियो त्यो पनि तीन देखि चार प्रतिशत ब्याजमा । उसले यो ऋण लिनुको मुख्य उदेश्य थियो बिभिन्न सेवा सुबिधा सहितको नयाँ क्याम नाउको स्थानपना । तर आफ्नो आर्थिक स्थिति नाजुक भए पछि उसले यो सबै रकम खेलाडीहरुको तलबमा नै खर्च गर्यो ।

अमेरिकाबाट ऋण लिने बार्सिलोनाको निर्णयले उसको भाग्यमा ताल्चा लगाई दिन सक्छ । सबैभन्दा खराब अवस्था के छ भने बार्सिलोनाले यो ऋण तिर्न नसकेको खण्डमा बैंकले क्लब नै हडप्न सक्नेछ ।

Click to comment

Trending