Headline

बी डिभिजन लिगमा अब पाँच सब्स्टिच्युसन

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ‘बी’ डिभिजन क्लबसँग शहीदको स्मारक बी डिभिजन लिगको नयाँ नियमहरु बारे छलफल गरेको छ । एन्फाको अनुसार रोकिएको बि डिभिजन लिग फेब्रुअरी २३ देखी सुरु हुने छ ।

एन्फाका कार्यकारी समितिका सदस्य रमेश रायमाझी र प्रतियोगिता निर्देशक संजीब मिश्रले रोकिएको लिगको नयाँ नियमहरुबारे क्लबहरुसँग छलफल गरेका थिए । छलफल पछि बी  डिभिजनका क्लबहरुले आफ्नो टोली संख्या ३५ बाट ४० बनाउने र एक खेलमा पाँच खेलाडी सम्म सब्स्टिच्युट गर्ने मिल्ने नियममा सहमत भएको पनि एन्फाले बताएको छ ।

यस्तै नयाँ नियम अनुरुप क्लबहरुले थप दुई अफिसियल्स र स्वास्थ्यकर्मीहरू पनि क्लबले दर्ताका लागि अनुमति पाउने छन् । आज भएको बैठकमा सहमती जनाए सँगै क्लबहरुले तीन खेलाडी बाट अब सुरु हुने मिती देखी पाँच खेलाडी एकै खेलमा सब्स्टिचुट गर्न पाउने छन् । खेल तालिका भने पहिले कै रहने एन्फाले बताएको छ ।

कोरोना भाईरस पछि रोकिएको बी डिभिजन लिगलाई एन्फाको डिसेम्बर २३ मा बसेको बैठकले फेब्रुअरी २३ देखी पुन सुचारु हर्ने निर्णय गरेको थियो ।

 

Click to comment

Trending