Headline

मेलबर्न विरुद्ध सन्दिपको सामान्य प्रदर्शन

Published

on

बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्स विरुद्धको खेलमा नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले सामान्य प्रदर्शन गरेका छन् । खेलमा ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको होबार्ट हरिकेन्सको तर्फबाट सन्दिपले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिएर एक विकेट मात्र हात पार्न सफल रहे ।

आफ्नो पहिलो दुई ओभरमा मात्र पाँच रन खर्चिएर एक विकेट हात पारेका सन्दिपले त्यस पछिका दुई ओभरमा ३१ रन खर्चन पुगे ।

आफ्नो पहिलो ओभरमा तीन सिंगल खर्चिएका सन्दिपले दोश्रो ओभरमा अझै उत्कृस्ट बलिङ गर्दै मात्र दुई रन खर्चिए भने एक विकेट पनि हात पार्न सफल भए । उनले आफ्नो दोश्रो ओभरकको दोश्रो बलमा छ रन बनाएका मेलबर्नका कप्तान ग्लेन म्याक्सवेललाई एलबीडब्लुको धरापमा पारे ।

आफ्नो तेश्रो ओभरमा सन्दिपले महँगो साबित हुँदै एक छक्का सहित १२ रन खर्चिए भने चौथों तथा अन्तिम ओभरमा दुई छक्का र एक चौका सहित १९ रन खर्चिए ।

यस अघि जारी सिजनको आफ्नो पहिलो खेलमा सन्दिपले राम्रो सुरुवात गरेका थिए । महँगो साबित भए पनि सन्दिपले दुई विकेट हात पार्दै आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिएर दुई विकेट हात पारेका हुन् । सन्दिपले आफ्नो पहिलो र अन्तिम ओभरमा विकेट लिएका थिए ।

आफ्नो पहिलो ओभरमा दुई चौका सहित ११ रन खर्चिएका सन्दिपले एक विकेट पनि हात पारे । उनले आफ्नो पहिलो ओभरको चौथों बलमा हिल्टन कार्टराइटलाई बोल्ड गर्दै आफ्नो यस सिजनको आफ्नो पहिलो विकेट लिएका हुन् ।

सन्दिपले आफ्नो दोश्रो ओभरमा एक छक्का सहित आठ रन, तेश्रो ओभरमा एक छक्का सहित नौं रन खर्चिए भने आफ्नो चौथों तथा अन्तिम ओभरमा ११ रन खर्चिए भने एक विकेट हात पारे । उनले आफ्नो चौथों ओभरको तेश्रो बलमा बेन डंकलाई विकेट किपर बेन म्याकडेर्मोटको हातबाट क्यान थमाउँदै दोश्रो विकेट लिएका हुन् ।

 

Click to comment

Trending