राष्ट्रिय

मेलबर्न विरुद्ध होबार्ट पहिले बलिङ गर्ने, सन्दिप सुरुवाती ११ मा  

Published

on

बिग ब्यास लिगको आफ्नो आठौँ खेलमा नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले मेलबर्न स्टार्स विरुद्ध पहिले बलिङ गर्ने भएको छ । होबार्टले ब्याट फ्लिप जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको हो । यस अघिको खेलमा पनि होबार्टले मेलबर्नको नै सामना गरेको थियो र उक्त खेलमा २१ रनको जित दर्ता गरेको थियो ।

आजको खेलमा पनि सन्दिपले सुरुवाती ११ मा स्थान बनाएका छन् । यस सिजनको आफ्नो पहिलो खेलमा सन्दिपले राम्रो सुरुवात गरेका थिए । महँगो साबित भए पनि सन्दिपले दुई विकेट हात पार्दै आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिएर दुई विकेट हात पारेका हुन् । सन्दिपले आफ्नो पहिलो र अन्तिम ओभरमा विकेट लिएका थिए ।

आफ्नो पहिलो ओभरमा दुई चौका सहित ११ रन खर्चिएका सन्दिपले एक विकेट पनि हात पारे । उनले आफ्नो पहिलो ओभरको चौथों बलमा हिल्टन कार्टराइटलाई बोल्ड गर्दै आफ्नो यस सिजनको आफ्नो पहिलो विकेट लिएका हुन् ।

सन्दिपले आफ्नो दोश्रो ओभरमा एक छक्का सहित आठ रन, तेश्रो ओभरमा एक छक्का सहित नौं रन खर्चिए भने आफ्नो चौथों तथा अन्तिम ओभरमा ११ रन खर्चिए भने एक विकेट हात पारे । उनले आफ्नो चौथों ओभरको तेश्रो बलमा बेन डंकलाई विकेट किपर बेन म्याकडेर्मोटको हातबाट क्यान थमाउँदै दोश्रो विकेट लिएका हुन् ।

Click to comment

Trending