Headline

साउथह्याम्प्टन विरुद्ध खेल्दा लिभरपुललाई अंक तालिकामा अग्रता बनाउने मौका

Published

on

प्रिमियर लिगको १७ औँ चरणको अन्तिम खेलमा मंगलबार साउथह्याम्प्टनले लिभरपुलको सामना गर्दै छ । २६ अंकका रहेको साउथह्याम्प्टनलाई यो खेलमा जित हात पार्ने हो भने शिर्ष चारमा आफ्नो स्थान बनाउने छ । लिभरपुललाई भने ३३ अंकको बराबरीसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड विरुद्ध तीन अंकको अग्रता लिने मौका हुने छ ।

लिभरपुलका लागि अझै पनि डेफेन्डर कप्तान भर्जिल भ्यान डाइक र डिएगो जोटा सहित जोएल म्याटिपले चोटका कारण यो खेल गुमाउने छन् ।साउथह्याम्प्टनका लागि ड्यानी इङ्सको खेलले निकै महत्वपूर्ण असर पार्ने छ । लिभरपुल भने आफ्नो उत्कृष्ट तीन फर्वार्ड सडियो माने,मोहम्मेद सलाह र रोबेर्टो फर्मिन्हो सहित मैदानमा उत्रिने छ ।

साउथह्याम्प्टनको घर सेन्ट म्यारी रङ्गशालामा हुने खेलमा लिभरपुललाई एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड विरुद्ध तीन अंकको अग्रता लिना मौका हुने छ भने साउथह्याम्प्टनलाई शिर्ष चारमा आफ्नो पकड बनाउन यो खेलमा महत्वपूर्ण पनि छ ।

साउथह्याम्प्टनले लिभरपुल विरुद्ध पछिल्ला छ खेलमा एकमा पनि जित हात पार्न सकेको छैन् । लिभरपुल विरुद्ध छ खेलमा १७ गोल खाँदा दुई गोल मात्र गर्न सकेको साउथह्याम्प्टनलाई यो खेल सजिलो भने हुने छैन ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

Click to comment

Trending