Headline

आयरल्याण्ड विरुद्धको शृंखलाका लागि अफगानिस्तान टोलीको घोषणा 

Published

on

अफगानिस्तान क्रिकेट बोर्डले आयरल्याण्डसँगको शृंखलाको लागि १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । बोर्डले शनिबार ओमानमा आयोजना हुने आयरल्याण्डसँगको एकदिवसीय शृंखलाकको लागि आफ्नो टोली सार्वजनिक गरेको हो ।

विश्वकप सुपर लिग अन्तर्गतको शृंखला यस अघि आबु धाबी स्थित शेख जायद रंगशालामा हुने कार्यक्रम रहेको थियो तर अफगानिस्तानका खेलाडीहरुले भिषा पाउन समस्या भए पछि युएईबाट ओमान सारिएको हो ।

आयरल्याण्ड टोली भने यस अघि नै युएई पुगीसकेको छ । अब उनीहरु युएईसँगको चार खेलको एकदिवसीय शृंखला खेले पछि ओमानका लागि उड्ने छन् ।

अफगानिस्तान र आयरल्याण्ड बीचको एकदिवसीय खेलहरु जनावरी १८, २१ र २३ तारिखमा संचालन हुनेछन् ।

अफगानिस्तान टोली :- अस्गर अफगान, रहमत शाह, नाविन-उल-हक, हस्मत शाहिदी, यामिन अहमदजाई, ओस्मान घानी, अजमतुल्लाह ओमारजाई, रह्मुल्लाह गुर्बोज़, सैयद अहमद शिर्जाद, नजिब जाद्रान, जावेद अहमदी, रशिद खान, मोहम्मद नाबी, गुल्बुद्दीन नैब, मुजिब रहमान र शर्फुद्दीन अश्रफ

Click to comment

Trending