Headline

म्यानचेस्टर सिटीसँग चेल्सीको नमिठो हार, लेस्टरले न्युकासललाई हरायो

Published

on

चेल्सीलाई ३-१ ले हराउदै म्यानचेस्टर सिटी प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ । सिटीको जितमा इकए गुन्डोवान,फिल फोडेन र केवेन डि ब्रुनले गोल गरेका थिए । चेल्सीका लागि एक गोल भने क्यालम हड्सन ओडोइले गरेका थिए ।

खेल सुरु भएको समय देखी नै निकै कमजोर देखिएको चेल्सीको डिफेन्सलाई सिटीको आक्रमणले निकै नाजुक बनाएको थियो । कोरोना भाईरसका कारण आफ्न मुख्य खेलाडी गुमाएको सिटीका लागि जित निकाल्न निकै सजिलो भयो । सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो ।

सिटीका लागि पहिलो गोल इकाए गुन्डोवानले फिल फोडेनको पासमा गरेका थिए । उनले खेलको १८ औँ मिनेटमा चेल्सीको डिफेन्सलाई छक्काउदै गरेको प्रहर गोल हुन पुगेको थियो । यस्तै सिटीले दोस्रो गोल भने २१ औँ मिनेटमा गरेको थियो । सिटीका लागि यो पटक डि ब्रुनको पासमा फिल फोडेनले पोस्ट नजिकैबाट गरेको प्रहर गोल हुन पुगेको थियो ।

यस्तै तेस्रो गोल भने सिटीले ३४ औँ मिनेटमा गरेको थियो । सिटीका लागि यो पटक डि ब्रुनले गोल गरेका थिए । उनले चेल्सीका मिड्फिल्डर एङोलो कान्टेले गरेको गल्तीको फाईदा उठाउदै गोल गरेका थिए । पहिलो हाफमा ३-० को अग्रता लिएको सिटीले दोस्रो हाफमा गोल नगरे पनि चेल्सीलाई पूर्ण रुपमा दवाबमा राखेको थियो ।

यस्तै चेल्सीका लागि एक गोल भने क्यालम हड्सन ओडोइले काइ ह्वाभर्ट्जको पासमा ९० मिनेट पछिको इन्जुरी समयमा गरेका थिए ।

हिजै भएको अर्को खेलमा भने लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २-१ ले हराएको छ । खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए ।
लेस्टरका लागि ५५ औँ मिनेटमा जेम्स म्याडीसन र ७२ औँ मिनेटमा योउरी टेल्लेसमानले गोल गर्दा ८२ औँ मिनेटमा भने न्युकासलका लागि एन्डी क्यारोलले गोल गरेका थिए ।

जितसँगै लेस्टर ३२ अंकका साथ तेस्रो स्थानमा रहदा पराजित भएको चेल्सी आँठौ स्थानमा झरेको छ ।

Click to comment

Trending