Headline

पिएम कपको उपाधिका लागि एपीएफ र प्रदेश १ भिड्दै 

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ र प्रदेश १ भिड्दै छन् । दाङको लमहीमा जारी प्रतियोगिताको फाइनल खेल आज ११:०० बजे सुरु हुनेछ ।

प्रदेश १ ले लुम्बिनी माथि १० विकेटको फराकिलो जित दर्ता गर्दै तथा एपीएफले लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

समुह ए को विजेता एपीएफले कर्णाली प्रदेशलाई २०४ रनले, प्रदेश २ लाई आठ विकेटले तथा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गरेको थियो । त्यस्तै समुह ए को उपविजेता लुम्बिनीले प्रदेश २ र कर्णाली प्रदेशलाई समान ९-९ विकेटले पराजित गरेको थियो भने एपीएफसँग ६१ रनले पराजित हुन पुगेको थियो ।

त्यस्तै समुह बि को विजेता टोली प्रदेश १ ले बागमती प्रदेशलाई ४६ रनले, सुदुर पश्चिमलाई पाँच विकेटले तथा गण्डकी प्रदेशलाई १४० रनले पराजित गरेको थियो । समुह बि को उपविजेता सुदुर आफ्नो दोश्रो खेलमा प्रदेश १ सँग पाँच विकेटले पराजित भए पनि पहिलो खेलमा गण्डकीलाई ५९ रनले र तेश्रो खेलमा बागमतीलाई २८ रनले पराजित गर्दै सेमीमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।

Click to comment

Trending