Headline

सेल्टा भिगोलाई हराउदै रियल म्याड्रीड ला लिगाको शिर्ष स्थानमा

Published

on

सेल्टा भिगोलाई २-० ले हराउदै रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियलका लागि लुकास भास्कुएज र मार्को एसेन्सियोले गोल गरेका थिए ।

खेलमा दुवै टोलीले उत्तिकै मौका बनाएका थिए । सेल्टा भिगोका लागि रियल म्याड्रीडका गोलरक्षक टिबो कोर्ट्वा बाधक बन्न पुग्दा गोल गर्न असफल रहेको थियो । रियलका लागि भने खेलको छैँठौ मिनेटमै लुकास भास्कुएजले गोल गर्दै अग्रता दिलाएका थिए । काउन्टर अट्याकमा एसेन्सियोले दिएको क्रसलाई भास्कुएजले हेडरमार्फ गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अग्रता लिएको रियल म्याड्रिडले दोस्रो हाफको ५३ औँ मिनेटमा भने अग्रता दोब्बर पारेको थियो । भास्कुएजको पासमा एसेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । ६३ औँ मिनेटमा टोनी क्रुसको पासमा बेन्जेमाले अर्काे सुवर्ण अवसर गुमाउन पुगे ।

कप्तान सर्जियो रामोस अनुपास्थित रहेको खेलमा रियलले निकै राम्रो खेल देखाएको थियो । दोस्रो हाफको केही समय सेल्टा भिगोले निकै दवाब दिए पनि रियलको डेफेन्डिङ निकै राम्रो र स्थिर देखिएको थियो ।

जितसँगै रियलले तीन खेल कम खेलेको एट्लेटिको म्याड्रिलाई एक अंकले पछाडि पारेको छ । यस्तै आजै भएको अन्य खेलहरुमा भिल्लारियलले लेभान्टेलाई २–१, रियल भालाडोलिडले गेटाफेलाई १-० ले हराउदा सेविल डर्बीमा भने रियल बेटिस र सेभियाले १-१ को बराबरी खेलेका छन् ।

 

Click to comment

Trending