Headline

प्रिमियर लिग आज: दवाबपूर्ण खेलमा चेल्सी र म्यानचेस्टर सिटी भिड्दै

Published

on

प्रिमियर लिगको १७ औँ चरणको अन्तिम खेलहरुमा आईतबार तीन खेलहरु हुँदै छन् । आज हुने पहिलो खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडको सामना गर्ने छ । न्युकासलको घर सेन्ट जेम्स पार्कमा हुने खेलमा लेस्टरले जित निकाल्न सकेमा लेस्टर ३२ अंकका साथ तेस्रो स्थानमा उक्लिने छ भने शिर्ष स्थानमा रहेको लिभरपुल र म्यानचेस्टर युनाइटेडसँग एक अंकले दुरी छोट्टाउने छ । यो खेल नेपाली समय अनुसार ८:०० बजे सुरु हुने छ ।

यस्तै आज हुने दोस्रो खेलमा भने दवाबपूर्ण खेलमा चेल्सीले म्यानचेस्टर सिटीसँग भिड्दै छ । आर्सनलसँग ३-१ ले पराजित भए पछी एस्टन भिल्लासँग १-१ को बराबरीमा रोकिएको चेल्सीलाई यो खेलमा तीन अंकको निकै दवाब रहेको छ । २६ अंकका साथ छैँठौ स्थानमा रहे पनि चेल्सी बाहेक म्यानचेस्टर सिटी,एस्टन भिल्ला,साउथह्याम्प्टन र वेष्ट ह्यामको पनि २६ अंक रहेको छ ।

दुवै टोली २६ अंकमा रहदा यो खेल चेल्सी र सिटी दुवैका लागि दवाबपूर्ण खेल हुने छ । चेल्सीका लागि हाकिम जियाच अझै फिट छैनन् भने सिटीले कोरोना भाईरसका कारण मुक्य तीन-चार खेलाडी गुमाउने प्रशिक्षक पेप गोर्डियोलाले बताइसकेका छन् । चेल्सीले खेलाडीमा दुई सय मिलियन पाउन्ड खर्च गरे पनि उपाधिको दावेदारीबाट बिस्तारै चिप्लिदै गए पछि फ्रान्क लाम्पार्ड दवाबमा रहेका छन् । यता सिटी पनि पेप गोर्डियोलाको आगमन पछिको सबै भन्दा खराब लयमा देखिदा यो खेलमा जित निकाल्नै पर्ने अवस्थामा छ ।

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

 

Click to comment

Trending