Headline

ब्राइटन र वुल्भ्सको रोमान्चक बराबरी, वेष्ट ब्रोम विरुद्ध आर्सनलको चार गोल

Published

on

लुइस डंन्कले दोस्रो हाफमा बराबरी गोल फर्काए पछि वुल्भ्स ब्राइटनसँग ३-३ गोलको बराबरीमा रोकिएको छ ।

ब्राइटनको घरमा भएको खेलमा ब्राइटनका लागि आरोन कोनोली, निएल मउपे र लुइस डंन्कले गोल गरेका थिए भने वुल्भ्सका लागि रोमाइन साइस र रुबेन नेवेसले एक-एक गोल गर्दा एक गोल भने आत्मघाती गोलको रुपमा उपहार पाएको थियो ।

खेलमा पहिलो गोल १३ औँ मिनेटमा ब्राइटनका लागि आरोन कोनोलीले गरेका थिए । खेलमा अग्रता लिए पनि ब्राइटनले १९ औँ मिनेटमा भने वुल्भ्सको बराबरी गोल खान पुगेको थियो । १९ औँ मिनेटमा नेल्सन सेमेडोको क्रसमा रोमाइन साइसले वुल्भ्सका लागि बराबरी गोल गरेका थिए । त्यस पछि वुल्भ्सले लगतार दुई गोल गरेको थियो । ३४ औँ मिनेटमा पेड्रो नेटोले गरेको प्राहार ब्राइटनका डन बार्नलाई लाग्दै गोल भए पछि वुल्भ्सले २-१ को अग्रता लिएको थियो ।

४४ औँ मिनेटमा भने वुल्भ्सले आफ्नो अग्रता ३-१ ले लिएको थियो । ब्रनले वुल्भ्सका एडामा टाओरेलाई लडाए पछि पाएको पेनाल्टीलाई रुबेन नेवेसले केही गल्ती गरेनन् । पहिलो हाफमा ३-१ को अग्रता बनाएको वुल्भ्सले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । दोस्रो हाफ सुरु भएको एक मिनेट पनि नबित्दै ४६ औँ मिनेटमा ब्राइटनले पेनाल्टी पाएको थियो ।

जाओ मौटिनोहोले निएल मउपेलाई लडाए पछि पाएको पेनाल्टीमा मउपे आँफैले गोल गर्दै ब्राइटनलाई ३-२ को स्थितीमा पुर्याएका थिए । ७० औँ मिनेटमा ब्राइटनले बराबरी गोल फर्काएको थियो । टोसार्डले कर्नरमा गरेको क्रस सिधै लुइस डन्कको टाउकोमा पर्दा उनले हेडिङ मार्फत बराबरी गोल फर्काएका थिए । दुई गोलले पछि परेको स्थितीलाई उल्टाउदै ब्राइटनले ३-३ को बराबरी गरेको हो ।

यस्तै अर्को खेलमा भने आर्सनलले वेष्ट ब्रोमलाई ४-० ले हराएको छ । आर्सनलको जितमा किरिएन टिएर्नी,बुकायो साकाले एक-एक र एलेक्ससान्द्रे लाकाजेटले दुई गोल गरेका थिए ।

जितसँगै आर्सनल २३ अंकका साथ ११ औँ स्थानमा उक्लिएको छ भने बराबरीमा रोकिएको वुल्भ्स १३ औँ स्थानमा झरेको छ ।

Click to comment

Trending