Headline

पराजुलीको नेतृत्वमा एनसीएसएसको नयाँ कार्यसमिती 

Published

on

नेपाली क्रिकेट समर्थकहरुको संस्था नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको छ । काठमाडौँमा आज भएको पाँचौं साधारण सभाले आगामी दुई बर्षका लागि नयाँ कार्यसमिती चयन गरेको हो ।

आगामी २ बर्षका लागि चुनिएको कार्यसमितिको उपाध्यक्षमा रेजिना बस्नेत रहेकी छिन् भने सचिबमा शुभ दुलाल, सहसचिबमा मोहन ज्ञवाली तथा कोषाध्यक्षमा अच्युत पान्डे  रहेका छन् ।  त्यस्तै सदस्यहरुमा तारा पाठक, केदार शर्मा, मनिस कार्की र सिर्जन दुलान चयन भएका हुन ।

आजको साधारण सभाले सातवटै प्रदेशमा प्रदेश संयोजक राख्ने निर्णय गर्दै आज तीन प्रदेशका संयोजक चयन पनि गरेको छ ।  प्रदेश न १ मा ईश्वर रेग्मी , प्रदेश न ३ मा विशाल पौडेल र  प्रदेश न ५ मा सागर पङेनीलाई संयोजन चयन गरिएको छ भने बाँकी प्रदेशमा कार्यसमितिले भविष्यमा संयोजक तोक्ने छ ।

त्यस्तै एनसीएसएसले बर्षभरी गरेको गतिबिधीको आधारमा चितवन जिल्ला सम्वन्वय समितीलाई उत्कृष्ट जिल्ला समेत घोषणा गरिएको थियो ।

एनसीएसएसको नयाँ कार्यसमिती 

अध्यक्ष – नारायण पराजुली
उपाध्यक्ष – रेजिना बस्नेत
सचिब – शुभ दुलाल
सहसचिब – मोहन ज्ञावली
कोषाध्यक्ष – अच्युत पाण्डे
सदस्य – तारा पाठक
सदस्य – मनिष कार्की
सदस्य – केदार घिमिरे
सदस्य – सिर्जन दुलाल

Click to comment

Trending