Headline

लिड्स टोटनह्यामसँग पराजित, कोरोनाको कारण फुलह्यामको अर्को खेल स्थगित

Published

on

ह्यारी केन र ह्युङ मिन सनको जोडी चम्किए पछि टोटनह्यामले लिड्स युनाइटेडलाई ३-० ले हराएको छ । जितसँगै टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामका लागि ह्यारी केन, ह्युङ मिन सन र टोभी एल्डेरवेरेडले एक-एक गरेका थिए ।

टोटनह्यामका लागि पहिलो गोल २९ औँ मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गरेका थिए । एग्जान अलिओस्कीले स्ट्भेन बर्ग्वाइनलाई डि-बक्समा लडाए पछि पाएको पेनाल्टीमा केन कुनै गल्ती गरेनन् । पहिलो हाफमा लिड्सले केही मौकाहरु बनाए पनि गोल भने गर्न सकेन । टोटनह्यामले दोस्रो गोल भने ४३ औँ मिनेटमा गरेको थियो । यो पटक भने ह्युङ मिन सनले ह्यारी केनको पासमा गोल गरेका थिए ।

केनले दिएको थ्रु पासमा सनले वान टचमै गोल गरेका थिए । दोस्रो हाफमा टोटनह्यामले अर्को गोल थपेको थियो । टोटनह्यामका लागि तेस्रो गोल भने दोस्रो हाफको ५० औँ मिनेटमा टोभी एल्डेरवेरेडले गरेका थिए । एल्डेरवेरेडले सनले गरेको क्रसमा गरेको हेडिङलाई लिड्सका गोलरक्षक ईआन मेलिएरले रोके पनि गोल लाइनकटेका कारण रेफ्रीले गोल दिएका थिए ।

खेल भरी लिड्सले राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेन । मर्सेलो बिएल्साले ७० मिनेटमा पाब्लो हार्नानडेजलाई ल्याए पछि खेलमा थोरै परिवर्तन भए पनि लिड्सले गोल भने गर्न सकेन ।

जितसँगै टोटनह्याम २९ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने लिड्स २३ अंकका साथ ११ औँ स्थानमा रहेको छ । आजै हुने अन्य खेलहरुमा भने क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेड,ब्राइटनले वुल्भ्स र वेष्ट ब्रोमले आर्सनलसँग खेल्दै छ ।

आईतबार हुने भनिएको फुलह्याम विरुद्ध बार्नली बिचको खेल भने अन्य खेलाडीहरुलाई पनि कोरोना सक्रंमणको पुष्टि भए पछि खेल स्थगित भएको छ । फुलह्यामको टोटनह्याम विरुद्धको अघिल्लो खेल पनि कोरोना भाईरस संक्रमणका कारण स्थगित हुन पुगेको थियो ।

Click to comment

Trending