Headline

प्रदेश १ प्रधानमन्त्री कपको फाइनलमा 

Published

on

प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेस गरेको छ । प्रदेश १ ले लुम्बिनी माथि १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रदेश १ ले अब उपाधिका लागि भोली हुने फाइनल खेलमा एपीएफको सामना गर्नेछ । आज नै भएको पहिलो सेमीफाइनलमा सुदुर पश्चिम प्रदेश माथि नौं विकेटको जित दर्ता गर्दै फाइनलमा प्रवेस गरेको थियो ।

५३ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको प्रदेश १ ले आठ दशमलब पाँच ओभर खेल्दै कुनै पनि विकेट नगुमाई जित हात पार्यो ।

प्रदेश १ को जितमा अविजित रहेका कप्तान रुबिना क्षेत्री र काजल श्रेष्ठले क्रमश ३० बलमा २६ तथा २३ बलमा २२ रन बनाए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १४ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीको लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाइन् भने अन्य ब्याट्सवोमनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा रोक्ने क्रममा प्रदेश १ का संगीता राई र नागीमा तामांङले समान २-२ विकेट हात पारे भने रुबिना क्षेत्रीले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।

Click to comment

Trending