Headline

बिग ब्यास लिगमा सन्दिपको उत्कृस्ट सुरुवात 

Published

on

नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछाने यस सिजनको बिग ब्यास लिगमा उत्कृस्ट सुरुवात  गरेका छन् । आजको खेलमा होबार्ट हरिकेन्सको तर्फबाट पहिलो खेल खेलेका सन्दिपले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिएर दुई विकेट हात पारेका छन् ।

सन्दिपले आफ्नो पहिलो र अन्तिम ओभरमा विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरमा दुई चौका सहित ११ रन खर्चिएका सन्दिपले एक विकेट पनि हात पारे । उनले आफ्नो पहिलो ओभरको चौथों बलमा हिल्टन कार्टराइटलाई बोल्ड गर्दै आफ्नो यस सिजनको आफ्नो पहिलो विकेट लिएका हुन् ।

सन्दिपले आफ्नो दोश्रो ओभरमा एक छक्का सहित आठ रन, तेश्रो ओभरमा एक छक्का सहित नौं रन खर्चिए भने आफ्नो चौथों तथा अन्तिम ओभरमा ११ रन खर्चिए भने एक विकेट हात पारे । उनले आफ्नो चौथों ओभरको तेश्रो बलमा बेन डंकलाई विकेट किपर बेन म्याकडेर्मोटको हातबाट क्यान थमाउँदै दोश्रो विकेट लिएका हुन् ।

सन्दिपले आजको खेलमा होबार्टको लागि डेब्यु गरेका हुन् । यहि मङ्सिरको दोश्रो साता अष्ट्रेलिया पुगेका सन्दिप अष्ट्रेलियन सरकारको नियम अनुसार १४ दिनको अनिवार्य क्वारेन्टाइनमा बिताए पछि खेल्नका लागि उपलब्ध भएका हुन् ।

यस अघि खेलमा ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको होबार्टले डाविड मलनको आक्रमक अर्धशतकको मद्धतमा पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६४ रन बनायो ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मलनले ५६ बल खेल्दै सात चौका र तीन छक्काको मद्धतमा ७५ रन बनाए । मलन बाहेक ओपनर बेन म्याकडेर्मोटले ३१ तथा कोलिन इन्ग्रामले २६ रनको पारी खेले ।

मेलबर्नका बिल्ली स्ट्यानलेकले चार ओभर बलिङ गर्दै सर्वाधिक तीन तथा ग्लेन म्याक्सवेलले र साम रेनबर्डले पनि समान १-१ विकेट हात पारे ।

बिग ब्यासको गत दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिपलाई यस सिजन भने मेलबर्नले यस आबद्ध गरेन । जसका कारण होबार्टले उनलाई आफ्नो टोलीमा समावेस गरेको थियो ।उनले दुई सिजनमा मेलबर्नको तर्फबाट २१ खेल खेल्दै १९ दशमलब ८० को औषतमा २६ विकेट आफ्नो नाममा दर्ता गराएका थिए । सन् २०१८ मा पहिलो पटक बिग ब्यास खेलेका सन्दिपले आठ खेलमा ११ विकेट हात पारेका थिए भने सन् २०१९ को सिजनमा १३ खेल खेल्दै १५ विकेट लिएका थिए ।

होबार्ट १५ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा छ भने मेलबर्न १० अंक सहित पाँचौं स्थानमा रहेको छ । छ खेल खेलेको हुबार्टले चार खेलमा जित निकाल्दा दुई खेलमा पराजित भएको छ भने एक खेल कम खेलेको मेलबर्नले समान २-२ खेलमा जित र हार व्यहोरेको छ भने एक खेल नतिजा विहिन रहेको थियो ।

 

Click to comment

Trending