Headline

एपीएफ प्रधानमन्त्री कपको फाइनलमा 

Published

on

विभागीय टोली एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेस गरेको छ । एपीएफले सेमीफाइनलमा सुदुर पश्चिम माथि नौं विकेटले सहज जित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफले उपाधिका लागि भोली हुने फाइनलमा आज नै हुने प्रदेश १ र लुम्बिनी प्रदेशको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरले पुरै १६ ओभर खेल्दै सात विकेटको नोक्सानीमा ६० रन बनायो भने ६१ रनको लक्ष्य लिएर ब्याटिङ गरेको एपीएफले १५ ओभर खेल्दै नौं विकेटको नोक्सानीमा जित हात पार्यो। हुस्सुका कारण ढिला गरेर खेल सुरु हुँदा घटाएर प्रति टोली १६ ओभरमा झारिएको हो ।

सुदुरलाई सस्तैमा रोक्ने क्रममा यस प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेकी करुणा भण्डारीले चार ओभर बलिङ गर्दै ११ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारिन् । त्यस्तै कप्तान सीता राना मगरले एक विकेट हात पार्दा एपीएफले तीन विकेट रन आउटका रुपमा पाएको थियो ।

सुदुरको तर्फबाट कविता जोशीले २१ बलमा सर्वाधिक २२ तथा ओपनर रेवती धामीले १२ रन बाहेक अन्य ब्याट्सवोमनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओपनिङमा आएकी कप्तान सीता राना मगर सात रनमा आउट भए पनि अर्की ओपनर ज्योती पाण्डे र सरिता मगरले दोश्रो विकेटका लागि अविजित ४७ रनको साझेदारी गर्दै एपीएफलाई सहज जित दिलाए । अविजित रहेका ज्योजी र सरिताले क्रमश ३८ बलमा २६ तथा ३५ बलमा १९ रनको पारी खेले ।

Click to comment

Trending