Headline

प्रिमियर लिग आज: लिड्स युनाइटेड र टोटनह्याम भिड्दै, वेष्ट ब्रोम विरुद्ध आर्सनलको परिक्षा

Published

on

प्रिमियर लिगको १७ औँ चरणको खेलहरुमा शनिबारको पहिलो खेलमा लिड्स युनाइटेडले टोटनह्याम हट्स्पर विरुद्ध खेल्ने छ ।

टोटनह्यामको घरमा हुने खेलमा जित हात पारे टोटनह्याम २९ अंकका साथ तेस्रो स्थानमा उक्लिने छ भने लिड्सले यो खेल जितेको खण्डमा २६ अंकका साथ सातौँ स्थानमा उक्लिने छ । २००४ देखी पहिलो पटक टोटनह्यामले प्रिमियर लिगमा लिड्सको सामना गर्ने छ । २०१३ मा एफए कपमा भिड्दा २-१ ले पराजित भएको टोटनह्यामले आज हुने खेल जितेमा शिर्ष चारमा फर्किने छ ।

टोटनह्यामका लागि लगतार तीन खेल नचलेका ह्यारी केन र ह्युङ मिन सनको जोडीलाई यो खेलमा भने राम्रो प्रदर्शनको अपेक्षा गर्ने छ । लिड्सका लागि पनि यो खेल शिर्ष चारको स्थानमा सिजन सकाउनका लागि निकै महत्वपूर्ण रहने छ ।

यो खेल नेपाली समय अनुसार साँझ ६:१५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने नोभेम्बर १ देखी दोस्रो खेल जितेको आर्सनलका लागि वेष्ट ब्रोमसँगको खेल परिक्षाको रुपमा हेरिने छ । चेल्सीलाई ३-१ र ब्राइटनलाई १-० ले हराउदै दुई खेल लगतार जितेको आर्सनलले यो खेलमा हात पार्ने सके अधिकारइक रुपमा जितको लय समातेको भुझ्न सकिने छ ।

आर्सनलका लागि डेभिड लुइज र डिफेन्डर गाब्रियलले यो खेल गुमाउने प्रभल सम्भावना छ । यस्तै वेष्ट ब्रोमको टोली पनि निकै लयमा रहेको छ । चेल्सी,म्यानचेस्टर सिटी र लिभरपुल जस्तो टोलीलाई अंक बाढ्न वाध्य बनाएको वेष्ट ब्रोमले आर्सनललाई नहराउला भन्न सकिदैन ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै आज हुने अन्य खेलहरुमा ८:४५ बजे क्रिस्टल प्यालेस र अंक तालिकाको पुछारमा रहेको टोली सेफिल्ड युनाइटेड भिड्ने छन भने ११:१५ बजे ब्राइटनले वुल्भ्सको सामना गर्ने छ ।

Click to comment

Trending