Headline

सन्दिप सुरुवाती ११ मा पर्न सफल, होबार्टको लागि डेब्यु गर्दै

Published

on

नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछाने बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्स विरुद्धको खेलमा सुरुवाती ११ मा पर्न सफल भएका छन् । आजको खेलमा मेलबर्नले ब्याट फ्लिप जित्दै सन्दिपको टोली होबार्ट हरिकेन्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ । सन्दिपले यस अघि दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए भने आजको खेलमा उनले होबार्टको लागि डेब्यु गर्दैछन् ।

यहि मङ्सिरको दोश्रो साता अष्ट्रेलिया पुगेका सन्दिप अष्ट्रेलियन सरकारको नियम अनुसार १४ दिनको अनिवार्य क्वारेन्टाइनमा बताए पछि टोलीमा उपलब्ध भएका हुन् । उनले १४ दिनको क्वारेन्टाइन पछि आफ्नो टोली होबार्ट हुरिकेन्सको अभ्यासमा पनि सामेल भएका थिए ।

बिग ब्यासको गत दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिपलाई यस सिजन भने मेलबर्नले यस आबद्ध गरेन । जसका कारण होबार्टले उनलाई आफ्नो टोलीमा समावेस गरेको थियो ।उनले दुई सिजनमा मेलबर्नको तर्फबाट २१ खेल खेल्दै १९ दशमलब ८० को औषतमा २६ विकेट आफ्नो नाममा दर्ता गराएका थिए । सन् २०१८ मा पहिलो पटक बिग ब्यास खेलेका सन्दिपले आठ खेलमा ११ विकेट हात पारेका थिए भने सन् २०१९ को सिजनमा १३ खेल खेल्दै १५ विकेट लिएका थिए ।

सन्दिपलाई होबार्टले अनुबन्ध गरे पछि मुख्य प्रशिक्षक एडम ग्रिफिथले उनको आगममा निकै खुशी भएको प्रतिक्रिया दिएका थिए । ग्रिफिथले सन्दिपको आगमनले हुबार्टको बलिङ आक्रमणमा एक्स फ्याक्टर थपिएको धारणा राखेका थिए । ‘हामीलाई थाहा छ सन्दिपले आफ्नो रहस्यमय बलिङले कसरि खेल नै परिवर्तन गर्न सक्दछन् भन्ने कुरा । त्यस्तै उनले पारीको जुनै पनि समयमा बलिङ गर्ने क्षमता राख्द छन् भने आफुलाई एक विकेट लिन सक्ने खेलाडीका रुपमा पनि यस अघिका सिजनमा प्रमाणित गरिसकेका छन् । उनको आगमनले हाम्रो टोलीको बलिङ आक्रमण अझै उत्कृस्ट भएको छ ।’

होबार्ट १५ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा छ भने मेलबर्न १० अंक सहित पाँचौं स्थानमा रहेको छ । छ खेल खेलेको हुबार्टले चार खेलमा जित निकाल्दा दुई खेलमा पराजित भएको छ भने एक खेल कम खेलेको मेलबर्नले समान २-२ खेलमा जित र हार व्यहोरेको छ भने एक खेल नतिजा विहिन रहेको थियो ।

 

Click to comment

Trending