Headline

भिल्लालाई हराउदै युनाइटेडले गर्‍यो शिर्ष स्थानको लिभरपुलसँग अंक बराबरी, वेष्ट ह्यामसँग एवर्टन पराजित

Published

on

प्रिमियर लिग अन्तर्गत १७ औँ चरणको पहिलो दिनको दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-१ ले हराएको छ । जितसँगै युनाइटेडले ३३ अंकका साथ लिभरपुलसँग अंक बराबरी समेत गरेको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा एन्थोनी मार्सियाल,ब्रुनो फर्नानडेजले गोल गरेका थिए भने भिल्लाका लागि एक गोल बेर्ट्रन्ड टाओरेले गरेका थिए ।

निकै रोमान्चक खेलमा दुवै टोलीले उत्कृष्ट मौकाहरु खेर फ्यालेका थिए । पहिलो हाफको दोस्रो मिनेटमा भिल्लाका ज्याक ग्रिलिसले बनाएको मुभलाई
गोलरक्षक डेभिड डे गियाले बिफल बनाए । युनाइटेडले खेलको ४० औँ मिनेटमा भने खेलमा अग्रता लिएको थियो । आरोन वान बिसाका क्रसमा मार्सियालले हेडिङ गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको भिल्लाले दोस्रो हाफमा भने बराबरी गोल खाएको थियो । भिल्लाका लागि ज्याक ग्रिलिसको एसिस्टमा बेर्ट्रन्ड टाओरेले ५८ औँ मिनेटमा गोल गरेका थिए तर त्यस्को चार मिनेट पनि नबित्दै युनाइटेडले पेनाल्टी पाएको थियो । पल पोग्बालाई डिबक्स भित्र लडाए पछि पाएको पेनाल्टीलाई युनाइटेडका ब्रुनो फर्नानडेजले केही गल्ती नगरदै २-१ को जित दिलाएका थिए ।

यो खेल पछि युनाइटेड भिल्लासँगको आफ्नो पछिल्लो १६ खेलमा अपराजित रहेको छ । जित पछि युनाइटेडले शिर्ष स्थानमा रहेको लिभरपुलसँग अंक बराबरी गर्दा गोलअन्तरका कारण दोस्रो स्थानमा चित्त बुझाएको छ ।

यस्तै एवर्टन भने वेष्ट ह्यामसँग १-० ले पराजित भए पछि तेस्रो स्थानमा पुग्ने मौका गुमाएको छ । वेष्ट ह्यामका लागि ८६ औँ मिनेटमा टोमस सोसेकले गोल गर्दै तीन अंक वेष्ट ह्यामलाई दिलाएका थिए ।

जितसँगै वेष्ट ह्याम २६ अंकका साथ १० औँ स्थानमा उक्लिएको छ । वेष्ट ह्यामको पनि २६ अंक भएसँगै अंक तालिकामा ६ टोलीको २६ अंक रहेको छ ।

 

Click to comment

Trending