Headline

उपकप्तानको भूमिका सहित रोहित फर्किए भारतीय टोलीमा 

Published

on

ओपनर रोहित शर्मा भारतीय क्रिकेटको टेस्ट टोलीमा फर्किएका छन् । उनी घरेलु टोली अष्ट्रेलिया विरुद्धको बाँकी दुई टेस्टका लागि टोलीमा फर्किएका हुन् भने उनलाई उपकप्तान पनि नियुक्त गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले उनलाई हिजो मात्र उपकप्तान नियुक्त गरेको जनाएको थियो ।

युएईमा सम्पन्न भएको इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा ह्यामस्ट्रिंङ इन्जुरीका कारण ट्वान्टी ट्वान्टी र एकदिवसीय टोलीमा स्थान बनाउन नसकेका रोहितलाई टेस्ट टोलीमा भने समावेस गरिएको थियो । तर अष्ट्रेलिया सरकारको आफ्नो भूमिमा पुगे पछि १४ दिन क्वारेन्टिनमा बिताउन पर्ने नियमका कारण रोहितले यस अघिका दुई टेस्ट गुमाउन पुगेका थिए । उनले भारतीय टोलीसँग अभ्यास पनि सुरु गरिसकेका छन् ।

भारतीय टोलीका कप्तान बिराट कोहली पहिलो टेस्ट पछि भारत फर्किएका कारण अजिंक्य रहानेले कप्तानी सम्हालेका छन् जसका कारण बाँकी दुई टेस्टका लागि रोहितलाई उपकप्तान नियुक्त गरिएको हो । कोहलीको अनुपस्थितिमा रोहितको आगमनले भारतीय टोलीको ब्याटिङ पंक्तिलाई थप बल दिनेछ ।

चार खेलको शृंखला १-१ को बराबरीमा रहेको छ । पहिलो खेलको दोश्रो पारीमा ३६ रनमा आउट हुँदा पहिलो पारीमा अग्रता लिंदा पनि भारतले खेलमा आठ विकेटको हारको सामना गरेको थियो भने दोश्रो टेस्टमा घरेलु टोलीलाई आठ विकेटले नै पराजित गर्दै भारतले शृंखला १-१ को स्थितीमा पुर्याएको हो ।

भारत र अष्ट्रेलिया बीचको तेश्रो टेस्ट बिहिबारबाट सिड्नीमा सुरु हुनेछ ।

Click to comment

Trending