Headline

सन्दिप बिग ब्यासका लागि तयार, पहिलो खेलमा पुर्व टोली विरुद्ध उत्रने 

Published

on

नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछाने बिग ब्यास लिग खेल्नका लागि तयार भएका छन् । सन्दिप आज हुने आफ्नो पुर्व टोली मेलबर्न स्टार्स विरुद्ध मैदानमा उत्रने भएका छन् । हुबार्ट र मेलबर्न बीचको खेल नेपाली समय अनुसार ११:५० बजे सुरु हुनेछ ।

यहि मङ्सिरको दोश्रो साता अष्ट्रेलिया पुगेका सन्दिप अष्ट्रेलियन सरकारको नियम अनुसार १४ दिनको अनिवार्य क्वारेन्टाइनमा बिताए पछि टोलीमा उपलब्ध भएका हुन् । उनले १४ दिनको क्वारेन्टाइन पछि आफ्नो टोली होबार्ट हुरिकेन्सको अभ्यासमा पनि सामेल भएका थिए ।

बिग ब्यासको गत दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिपलाई यस सिजन भने मेलबर्नले यस आबद्ध गरेन । जसका कारण होबार्टले उनलाई आफ्नो टोलीमा समावेस गरेको थियो ।उनले दुई सिजनमा मेलबर्नको तर्फबाट २१ खेल खेल्दै १९ दशमलब ८० को औषतमा २६ विकेट आफ्नो नाममा दर्ता गराएका थिए । सन् २०१८ मा पहिलो पटक बिग ब्यास खेलेका सन्दिपले आठ खेलमा ११ विकेट हात पारेका थिए भने सन् २०१९ को सिजनमा १३ खेल खेल्दै १५ विकेट लिएका थिए ।

सन्दिपलाई होबार्टले अनुबन्ध गरे पछि मुख्य प्रशिक्षक एडम ग्रिफिथले उनको आगममा निकै खुशी भएको प्रतिक्रिया दिएका थिए । ग्रिफिथले सन्दिपको आगमनले हुबार्टको बलिङ आक्रमणमा एक्स फ्याक्टर थपिएको धारणा राखेका थिए । ‘हामीलाई थाहा छ सन्दिपले आफ्नो रहस्यमय बलिङले कसरि खेल नै परिवर्तन गर्न सक्दछन् भन्ने कुरा । त्यस्तै उनले पारीको जुनै पनि समयमा बलिङ गर्ने क्षमता राख्द छन् भने आफुलाई एक विकेट लिन सक्ने खेलाडीका रुपमा पनि यस अघिका सिजनमा प्रमाणित गरिसकेका छन् । उनको आगमनले हाम्रो टोलीको बलिङ आक्रमण अझै उत्कृस्ट भएको छ ।’

होबार्ट १५ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा छ भने मेलबर्न १० अंक सहित पाँचौं स्थानमा रहेको छ । छ खेल खेलेको हुबार्टले चार खेलमा जित निकाल्दा दुई खेलमा पराजित भएको छ भने एक खेल कम खेलेको मेलबर्नले समान २-२ खेलमा जित र हार व्यहोरेको छ भने एक खेल नतिजा विहिन रहेको थियो ।

Click to comment

Trending