Headline

प्रधानमन्त्री कपको सेमीफाइनल खेल भोली  

Published

on

दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलका खेलहरु भोली हुँदैछन् । पहिलो सेमीफाइनल खेल बिहान ९:३० बजे सुरु हुनेछ भने दोश्रो खेल दिउँस १:१५ बजे सुरु हुनेछ ।

पहिलो सेमीफाइनल खेलमा विभागीय टोली एपीएफले सुदुर पश्चिम प्रदेश तथा दोश्रो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशको सामना गर्नेछ । एपीएफ समुह ए को विजेता र सुदुर पश्चिम समुह बी को उपविजेता तथा प्रदेश १ समुह बि को विजेता र लुम्बिनी समुह ए को उपविजेता हुँदै सेमीमा पुगेका हुन् ।

एपीएफ र प्रदेश १ ले समुह चरणमा खेलेका तीनवटै खेलमा जित दर्ता गराएका थिए भने लुम्बिनी र सुदुरले समान २-२ खेलमा जित हात पार्दा समान १-१ खेलमा हारको सामना गरेका हुन् ।

समुह ए को विजेता एपीएफले कर्णाली प्रदेशलाई २०४ रनले, प्रदेश २ लाई आठ विकेटले तथा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गरेको थियो । त्यस्तै समुह ए को उपविजेता लुम्बिनीले प्रदेश २ र कर्णाली प्रदेशलाई समान ९-९ विकेटले पराजित गरेको थियो भने एपीएफसँग ६१ रनले पराजित हुन पुगेको थियो ।

त्यस्तै समुह बि को विजेता टोली प्रदेश १ ले बागमती प्रदेशलाई ४६ रनले, सुदुर पश्चिमलाई पाँच विकेटले तथा गण्डकी प्रदेशलाई १४० रनले पराजित गरेको थियो । समुह बि को उपविजेता सुदुर आफ्नो दोश्रो खेलमा प्रदेश १ सँग पाँच विकेटले पराजित भए पनि पहिलो खेलमा गण्डकीलाई ५९ रनले र तेश्रो खेलमा बागमतीलाई २८ रनले पराजित गर्दै सेमीमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।

भोलीको खेलमा जित दर्ता गर्ने टोलीहरुले आइतबार हुने फाइनलमा उपाधिका लागि भिड्ने छन् ।

Click to comment

Trending