Headline

राष्ट्रय टोलीको बन्द प्रशिक्षणबाट बहिरिए १४ खेलाडी

Published

on

कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले शुक्रबार १४ खेलाडीहरुलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बिदाइ गरेका छन् । उनले १४ खेलाडीहरुलाई बिदाइ गरेसँगै नेपाली टोली ४४ सदस्यीय हुने भएको छ । करिब एक महिना पछिको बन्द प्रशिक्षण पछि प्रशिक्षक महर्जनले १४ खेलाडीलाई बिदाइ गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा) ले जनाएको छ ।

देव लिम्बु, रणदीप पौडेल, अमित तामाङ, जया गुरुङ,नितिन थापा, रजत तिवारी, दिपेश अले मगर, राजेश परियार, प्रिजन तामाङ,बिमल घर्ती मगर, रेजिन सुब्बा, राजीव लोप्चन र बिमल राणालाई बन्द प्रशिक्षणबाट बहिर राखिएको छ भने यि खेलाडीहरुले बन्द प्रशिक्षण छोड्ने छन्। घाइते सुमन अर्याललाई पनि टीमबाट बाहिर पठाइएको छ भने उनी समयमै चोटमुक्त भएको खण्डमा टोलीमा फिर्ता आउन सक्ने छन् ।

प्रशिक्षक महर्जनले २०२२ विश्वकप छनोट र २०२३ एसिया कप छनोटका लागि ५८ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।

विश्वकप २०२२ र एसिया कप २०२३ छनोट अन्तर्गतका नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्न बाँकी रहेका तीन खेलहरु मार्च २१ बाट सुरु गरिने अखिल नेपाल फुटबल संघ  (एन्फा)ले जनाइसकेको छ ।

एन्फाले जनाए अनुसार नेपालले २०२१ मार्च २५ मा चाइनिज ताइपे विरुद्ध घरमा आफ्नो पहिलो खेल खेल्ने छ भने ३० मार्च र अष्ट्रेलिया र ७ जुनमा जोर्डनसँग खेल्ने छ ।

नेपाल रहेको समुहमा चाइनिज ताइपेइ,अष्ट्रेलिया,जोर्डन र कुवेत रहेका छन् । नेपालले पहिलो चरणका सबै र दोस्रो चरणको पहिलो खेलमा कुवेतको सामना गरिसकेको छ । दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतबिरुद्धको घरेलु खेल दशरथ रङशाला तयार हुन नसकेपछि भुटानमा खेलेको थियो जहाँ नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा भने ७–० को लज्जास्पद पराजय बेहोरेको थियो ।

नेपालले समुहमा निकालेको एक मात्र जितमा अवे खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले पराजित भएको थियो भने जोर्डनसँग पनि ३–० ले पराजित हुन पुगेको थियो ।

Click to comment

Trending