अन्तर्राष्ट्रिय

भारतलाई झट्का, उमेश यादव अष्ट्रेलिया भ्रमणबाट बाहिर

Published

on

भारतीय टोलीका तिब्र गतिका बलर उमेश यादवले अष्ट्रेलिया विरुद्ध बाँकी दुई टेस्ट गुमाउने भएका छन् । यादव पिंडौलाका चोटका कारण अबका दुई टेस्ट खेल्न नसक्ने भएका हुन् ।

यादव दोश्रो टेस्टको तेश्रो दिनको खेलमा घाइते भए पछि मैदान छाडेका थिए । उनलाई उपचारका लागि तत्काल हस्पिटल पनि लागिएको थियो । त्यस पछि उनी मैदान पनि छिर्न सकेनन् । तर भारतीय टोलीले अहिले आएर उनी अबका दुई टेस्ट खेल्न नसक्ने जनाएको हो ।

भारतीय टोलीले उनको स्थानमा अर्को कुन खेलाडीलाई टोलीमा समावेस गर्ने भनेर केहि जानकारी दिएको छैन । तर शार्दुल ठाकुर र टि नटराजन मध्य एकले टोलीमा स्थान बनाउने लगभग पक्का छ । अष्ट्रेलिया भ्रमणमा नेट बलरका रुपमा गएका नटराजन एउटा एकदिवसीय र तीनवाट ट्वान्टी ट्वान्टी खेलमा भारतको लागि खेलेका थिए । उनले एकदिवसीयमा दुई तथा ट्वान्टी ट्वान्टीमा छ विकेट पनि हात पार्दै उत्कृस्ट प्रदर्शन गर्न सफल भएका थिए ।

३३ वर्षीय यादवले अष्ट्रेलिया विरुद्धको दुई टेस्टमा कुल चार विकेट आफ्नो नाममा लेखाएका थिए । पहिलो टेस्टको दोश्रो पारीमा तीन तथा दोश्रो टेस्टको पहिलो पारीमा एक विकेट लिएका थिए ।

यस अघि भारतीय टोलीका अर्का तिब्र गतिका बलर मोहम्मद शामी पनि घाइते हुँदा भारत फर्की सकेका छन् । पहिलो टेस्टमा ब्याटिङ गर्ने क्रममा प्याट कमिन्स बल हातमा लाग्दा उनको नाडी भाँचिएको थियो । जसका कारण उनले त्यस टेस्टमा बलिङ पनि गर्न सकेनन् ।

Click to comment

Trending