Headline

प्रिमियर लिग आज: एवर्टन विरुद्ध वेष्ट ह्याम, एस्टन भिल्ला र युनाइटेड खेल्दै

Published

on

प्रिमियर लिगको १७ औँ चरणका खेलहरुमा आज पहिलो खेलमा एवर्टनले वेष्ट ह्याम विरुद्ध खेल्दै छ भने अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेड विरुद्ध खेल्दै छ ।

चौथोँ स्थानमा रहेको एवर्टनलाई आज हुने वेष्ट ह्याम विरुद्धको खेल जित्दै दोस्रो स्थानमा उक्लिने मौका हुने छ । वेष्ट ह्यामले पनि आजको खेलमा जित हात पारेको खण्डमा पाँचौ स्थानमा उक्लिने छ ।

एवर्टनका लागि चोट मुक्त भएका हमेज रोड्रिगेज पनि खेलमा फर्किसकेका छन् । मध्य स्थानमा रहेका टोलीले लगतार अंक गुमाइरख्दा एवर्टनलाई आजको खेल जिते निकै फाईदा हुने छ ।

यो खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुने छ ।

यस्तै मध्यरातको दोस्रो खेलमा भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले यो वर्ष लिगमा उत्कृष्ट खेलिरहेको एस्टन भिल्लासँग खेल्दै छ ।

यो खेल जितेको अवस्थामा युनाइटेड प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिने छ भने भिल्लालाई पनि जित निकल्दै दोस्रो स्थानमा उक्लिने मौका हुने छ । युनाइटेडका लागि इन्स्टाग्राममा रङ्गभेदी टिपणी गरेका कारण एडिसन कभानीले यो खेल गुमाउने छन् भने एस्टन भिल्लाका लागि ज्याक ग्रिलिसको खेलले निकै असर पर्ने छ ।

म्यानचेस्टर युनाइटेडले यो खेलमा राम्रो नतिजा ल्याउन सके २०१३ मा सर एलेक्स फर्गुसनले छोडे देखी सिजनको मध्यमै युनाइटेड शिर्ष स्थानमा पुगेको पहिलो पटक हुने छ । आठ खेलमा एक पनि गोल पनि नखाएको एस्टन भिल्लालाई युनाइटेडले कमजोर प्रतिद्वन्दी भने सोच्ने छैन ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

 

Click to comment

Trending