Headline

अझै धेरै वर्ष फुटबल खेल्न चाहन्छन रोनाल्डो

Published

on

आउने फेब्रुअरीमा ३६ लाग्ने तरखरमा रहे पनि फुटबलका स्टार क्रिष्चियानो रोनाल्डोले आफुले आझै धेरै वर्ष फुटबल खेल्ने रहर भएको बताएका छन् । उनको यो अभिव्यक्तीसँगै उनले २०२१ को युरोकप र २०२२ को कतार विश्वकप खेल्ने पनि सङ्केत दिएका छन् ।

३५ वर्षको भए पनि रोनाल्डोले अहिले सम्म गोल गर्न बन्द गरेका छैनन् । २०१९-२०२० को सिजनमा ३१ गोल गरेका रोनाल्डोले यो सिजन सिरी आ मा १० खेलमा १२ गोल गरिसकेका छन् ।

२०२० को सिजनमा उनी इटालीमा ३३ गोल गर्ने मात्र चौँथा खेलाडी भएका थिए । ओमर सिवोरी (१९६१ मा ३३ गोल),गुन्नर नोर्डाल (१९५० मा ३६) र फेलिके बोरेल (१९३३ मा ४१) बाहेक रोनाल्डोले सेरी आ को २०२० सिजनमा ३३ गोल गर्ने चौँथा खेलाडी हुन् ।

यि गोलहरुले उनलाई फिफा वर्ष खेलाडी रोबर्ट लेवानडस्की (३२) भन्दा धेरै गोलका साथ युरोपका शिर्ष पाँच लिगहरुको शिर्ष गोलकर्ताको अग्र स्थानमा राख्छ ।  पोर्चुगलका कप्तान रोनाल्डो २०२२ को विश्वकप सम्ममा ३७ वर्ष भए पनि उक्त विश्वकप खेल्ने सङ्केत दिएका छन ।

“यो उमेरले केही फरक पार्दैन । सबै भन्दा ठुलो भनेको हाम्रो मनस्थिती हो,” उनले दुवइमा भएको ग्लोब सकर अवार्डमा भने ।

“क्रिस्टियानो रोनाल्डो राम्रो छ कि छैन भन्ने पनि फरक पर्दैन, म अहिलेको समयमा बाँचिरहेका कारण भोलि के हुने हो मलाई थाहा छैन,” उनले थपे । “अहिलेको समयमा म खुशी छु र मलाई धेरै-धेरै वर्ष फुटबल खेल्न मन छ तर सबै समयले बताउछ।”

रोनाल्डो उत्कृष्ट फममा रहे पनि उनको टोली युभेन्टस भने अहिले शिर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडि रहेको छ । रोनाल्डोका अनुसार यस्तो हुनुको कारण रङ्गशालामा दर्शक नभएकाले हो ।

उनले भने,”मलाई रङ्गशालामा दर्शक बिना खेल्न मनपर्दैन । यो त सर्कस गरेर जोकर नदेख्नु जस्ताइ हुन्छ,”

“अझ मलाई अब समर्थकहरुले ‘क्रिष्चियानो बु!’ भन्दै जिस्काउछन् तब मालाई अझै राम्रो खेल देखाउने दवाब आउछ र मलाई त्यो निकै नै मनपर्छ,” रोनाल्डोले हाँस्दै भने ।

 

Click to comment

Trending