Headline

गण्डकी मात्र सात रनमा अलआउट 

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेश मात्र सात रनमा अलआउट भएको छ ।

प्रदेश १ ले दिएको १४८ रनको लक्ष्य पक्ष्याएको गण्डकीले आठ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र सात रन बनाउन सक्यो र खेलमा १४० रनको फराकिलो हारको समान गर्न पुग्यो ।

गण्डकीका नौंजना ब्याट्सवोमनले रनको खाता खोल्न सकेनन् भने क्रमश नवौं र ११ नम्बरमा ब्याटिङ गर्न आएका कुसुम गोदार र अविजित रहिकी सोनिया थापाले समान २-२ रन बनाए । गण्डकीले तीन रन अतिरिक्त रन पायो ।

गण्डकीलाई सात रनमा रोक्ने क्रममा संगीता राईले सर्वाधिक पाँच तथा सबनम राईले चार विकेट लिए भने अप्सरी बेगमले पनि एक विकेट हात पारिन् । संगीताले चार ओभरमा दुई मेडन सहित तीन तथा सबनमले तीन ओभरमा एक मेडन सहित तीन रन नै खर्चिएकी थिइन् ।

यस अघि काजल श्रेष्ठ र रोमा थापाले अर्धशतक प्रहार गर्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले पुरै २० ओभर खेल्दै एक विकेटको नोक्सानीमा १४७ रन बनायो ।

प्रदेश १ को तर्फबाट अविजित रहेका काजल र रोमाले क्रमश ५२ र ५१ रन बनाए भने कप्तान रुबिना क्षेत्री १५ रनमा आउट हुन पुगिन् ।

Click to comment

Trending