Headline

अग्रता सुरक्षित नुहँदा पनि टस–मस नभएका लिभरपुल व्यवस्थापक क्लोप

Published

on

इङ्गलिस प्रिमियर लिगमा आफ्नो टोली न्युकासलसँग गोलरहित बराबरीमा रोक्किएपछि लिभरपुल व्यवस्थापक योर्गेन क्लोपले अंक तालिकालाई आफूले धेरै नसोचेको बताएका छन् ।

लिभरपुलको बराबरीले यो सिजन उपाधि होड निकै प्रतिस्पर्धात्मक हुने तय जस्तै देखिदा अन्य टोलीहरुलाई पनि फाइदा पुगेको छ । यद्दपि २०२० को अन्त्य हुदा लिभरपुल अंक तालिकाको शिर्ष स्थानमै रहने भएको छ ।

अंक तालिकाको अन्तिम हाफमा रहेका टोलीहरुसँग लगातार दुई बराबरी खेल्दा लिभरपुलले दोश्रो स्थानको म्याचेस्टर युनाइटेडसँग मात्र तीन अंकको अग्रता बनाएको छ । तर ओले गुनार सोल्सायरको युनाइटेडले एक खेल कम खेल खेलेको छ । लिभरपुलको १६ खेलबा ३३ अंक छ ।

सेन्ट जेम्स पार्कमा भएको अवे खेलमा लिभरपुलले गोल गर्ने तीन स्पष्ट मौका चुकाएको थियो । त्यसमध्ये दुई अवसर मोहम्मद सलाहले खेर फालेका थिए भने सादियो मानेको प्रहारलाई फाबियन सारले गोललाईनबाटै क्लियर गरिदिएका थिए ।

“शिर्ष स्थानमा रहनु राम्रो हो तर यसले केही मतलब राख्दैन । हामीले आज बराबरी गर्यौ र पनि शिर्ष स्थानमै छौं । यसले यो सिजन सबैका लागि कति कठिन हुनेछ भनेर स्पष्ट भएको देखाउछ,” क्लोपले खेलपछि भने ।

“हामीले चाहे जस्तो परिणाम पाएनौं र यो हाम्रो लागि खराब कुरा होइन । संसारमा खराब कुरा धेरै भइरहेका छन्,” कोरोना भाइरसको नयाँ संक्रमणतर्फ संकेत गर्दै उनले भने । “मलाई तर आजको खेल राम्रो लाग्यो । हामी परिणाम देखि खुशी छैनौं तर प्रदर्शन सन्तोषजनक नै थियो ।”

सन् १९८४ यता लगातार दुई प्रिमियर लिग उपाधिका लागि लिभरपुल दावेदार नै रहेको छ तर उसको अवे खेलको प्रदर्शन भने अभिशाप नै बनेको छ । आठ होम खेलमा लिभरपुलले सातमा जित हात पारेको छ तर उति नै अवे खेलमा मात्र दुई जितेको छ । लिभरपुलको घाइते खेलाडीहरुको सुची पनि लामै रहेको छ र त्यसमा अब जोल माटिप पनि थपिएको क्लोपले खुलाशा गरेका छन् ।

क्लोपका अनुसार माँसपेशी तन्किदा माटिप तीन साता मैदान बाहिर रहनेछन् । लिभरपुलले यसअघि नै प्रमुख एट्याकिङ्ग डिफेन्डर भर्जिल भान डाइकलाई एक बर्षका लागि गुमाइसकेको थियो भने अन्य खेलाडीहरु पनि चोटग्रस्त रहदै आएका छन् ।

यस्तोमा अंक तालिकामा अन्य क्लबहरुले फाइदा उठाउन सक्ने देखिन्छ । अघिल्लो सिजनको तुलनामा यो सिजन प्रिमियर लिगमा कुनै पनि टोलीको बिशाल अग्रता देखिएको छैन । तेश्रोमा रहेको लेस्टर र चौथो स्थानको एभर्टनको समान २९ अंक छ भने एस्टन भिल्ला, चेल्सी, टोटेन्ह्याम हट्स्पर, म्यानचेस्टर सिटी र साउथ्याम्प्टनको समान २६ अंक छ ।

Click to comment

Trending