Headline

रियल रोकिएपछि एट्लेटिकोको दुई अंकको अग्रता

Published

on

रियल म्याड्रिड स्पेनिस ला लिगामा एल्चेसँग १–१ को बराबरीमा रोक्किएपछि एट्लेटिको म्याड्रिड नयाँ बर्ष शुरु हुदा शिर्ष स्थानबाटै खेल्ने भएको छ ।

बुधबार राति नै भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १–० ले हरायो । रियल भन्दा दुई खेल खेलेको एट्लेटिकोले १४ खेलबाट ३५ अंक रहेको छ । एट्लेटिकोको जितमा लुईस सुवारेजले यानिक कारास्कोले गरेको हेडर गोल पर्याप्त बन्यो ।

२०१४ पछि पहिलो पटक लिग उपाधि जित्नका लागि व्यहारिक रुपमै सम्भव देखिैको एट्लेटिकोले डिएगो सिमिओनेको प्रशिक्षणमा ३ सय १ खेल जितेको छ ।

बुधबारको अवे खेलमा लुका मोड्रिचले २० औं मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ५२ औं मिनेटमा फिडेल चाभेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । अर्को खेलमा ग्रानडाले भ्यालेन्सियालाई २–० ले हरायो ।

ग्रानडा जितपछि सातौं स्थानमा उक्लिएको छ । यो सिजन निकै खराब प्रदर्शन गर्दै आइरहेको भ्यालेन्सिया भने रेलिगेसन जोभन्दा ठ्याक्कै एक स्थान मात्रै माथि रहेको छ । १६ खेलपछि भ्यालेन्सियाको १५ अंक रहेको छ ।

ग्रानडाको १५ खेलबाट २६ अंक भएको छ । हुवेस्कालाई २–१ ले हराउदै सेल्टा भिगो भने आठौं स्थानमै कायम रहेको छ । सेल्टाको २३ अंक छ भने हुवेस्का १२ अंक साथ पुछारबाट पहिलो स्थानमा रहेको छ ।

Click to comment

Trending