Headline

घाइते काउटिन्हो लामो समय मैदान बाहिर रहने 

Published

on

बार्सिलोनाका ब्राजिलियन प्ले मेकर फिलिप्पे काउटिन्हो लामो समय मैदान बाहिर रहने भएका छन् ।

मंगलबार राती भएको आइबर विरुद्ध बार्सिलोनाले १-१ गोलको बराबरी खेलेको खेलमा  काउटिन्हो घाइते भए पछि ६६ औं मिनेटमा उनले मैदान छाडेका थिए ।  काउटिन्होको परिक्षण गर्दा उनको आफ्नो ल्याटेरल मिनिस्कसमा क्षती पुगेको छ जसले गर्दा शल्यक्रिया नै गर्न पर्ने हुन्छ । काउटिन्हो के कति समय मैदान बाहिर रहने विषयमा केहि जानकारी नआए पनि उनी कम्तिमा पनि चार महिना मैदान बाहिर रहने अंतर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बार्सिलोनाले यसको पुष्टि गर्दै काउटिन्हो लामो समय मैदान बाहिर रहन सक्ने जनाएको छ । उसले एक बिज्ञप्ति निकाल्दै भनेको छ, ‘हामीले हाम्रो टोलीको पहिलो रोजाईका खेलाडी फिलिप्पे काउटिन्हो परिक्षण गरेका छौं । एमआरआई गर्दा उनको बायाँ घुँडाको मिनिस्क च्यातिएको छ । उनको उपचारको लागि अब उनले अर्थ्रोसकोपिक शल्यक्रिया गर्न पर्ने हुन्छ । निकट भविश्यमा नै उनको शल्यक्रिया हुनेछ ।’

यस अघि अन्सु फाती, सर्जियो रोबर्टो र जेरार्ड पिके चोटका कारण खेल्ने अवस्थामा नभएको समयमा काउटिन्होको चोट बार्सिलोना प्रशिक्षक रोनाल्ड कोमनको टाउको दुखाई झन् बढ्ने भएको छ।

काउटिन्होले जारी सिजन बार्सिलोनाको लागि १४ खेल खेल्दै तीन गोल गरेका छन् भने दुई असिस्ट पनि गरेका छन् ।

Click to comment

Trending