Headline

टोटनह्याम र फुलह्याम बिचको खेल स्थगित

Published

on

फुलह्यामका खेलाडी र कर्मचारीहरुलाई लगातार कोरोना भाईरसको संक्रमण देखिए पछी आज राती हुने भनिएको टोटनह्याम विरुद्ध फुलह्यामको खेल स्थगित भएको छ ।

सयुंक्त राज्यमा देखिएको नयाँ प्रकारको कोरोना भाईरसका कारण संन्क्रमितहरुको संख्या बढ्दै गैरहेको छ । टोटनह्यामको घरेलु रङ्गशालामा हुने भनिएको खेल फुलह्यामका धेरै खेलाडीहरुमा संक्रमण पुष्टी भए पछि स्थगित भएको हो ।  टोटनह्यामलाई शिर्ष चारमा उक्लिनका लागि फुलह्याम विरुद्धको खेल निकै महत्वपूर्ण रहेको थियो ।

यस अघि म्यान्चेस्टर सिटी र एभर्टनबिचको खेल स्थगित भएको थियो । एभर्टनको घरेलु मैदानमा हुने भनिएको सिटीसँगको खेल सिटीका खेलाडीहरुलाई कोरोना भाईरसको संक्रमण देखिए पछि खेल स्थगित भएको थियो ।

स्थगित भएका खेलहरु कहिले गर्ने बारे प्रिमियर लिगले बिज्ञप्ति निकाल्न बाँकि रहेको छ ।

Click to comment

Trending