Headline

सुमनको अलराउण्ड प्रदर्शनमा बागमतीको फराकिलो जित 

Published

on

सुमन खतिवडाले ब्याटिङ र बलिङ दुबैमा उत्कृस्ट प्रदर्शन गर्दा बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

आफ्नो पहिलो खेलमा प्रदेश १ सँग ४६ रनको फराकिलो हारको सामना गरेको बागमतीले आजको जित पछि सेमीफाइनलको सम्भावना जीवितै राख्न सफल भएको छ भने आजको खेलमा पराजित हुँदा लगातार दुई हार व्यहोरेको गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ । हिजो सम्पन्न आफ्नो पहिलो खेलमा गण्डकी सुदुर पश्चिमसँग ५९ रनले पराजित भएको थियो ।

बागमतीको जितमा प्लेयर अफ द म्याच घोषित सुमनले ब्याटिङमा आक्रमक पारी खेल्दै २६ बलमा चार चौकाको मद्धतमा ३१ रन बनाइन् भने बलिङमा चार ओभर बलिङ गर्दै १४ रन खर्चिएर एक विकेट हात पारिन् ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा चार विकेट गुमाएर १५३ रनको विशाल योगफल बनायो भने जवाफी ब्याटिङ गरेको गण्डकीले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।

बागमतीको जितमा सुमन बाहेक बिन्दा कटवालले सर्वाधिक ३८ तथा कन्चन श्रेष्ठले २७ रन बनाए । गण्डकीका सृस्टी पौडेलले ३० तथा शिला क्षेत्रीले २६ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

Click to comment

Trending