Headline

सुदुर पश्चिम माथि प्रदेश १ को संघर्षपूर्ण जित 

Published

on

प्रदेश १ ले प्रधानमन्त्री कप अन्तर्गतको आफ्नो दोश्रो खेलमा सुदुर पश्चिम प्रदेश माथि पाँच विकेटको संघर्षपूर्ण जित हात पारेको छ ।

आजको जित पछि दुई खेलमा दुई जित निकालेको प्रदेश १ सेमीफाइनल नजिक पुगेको छ । आजको खेलमा पराजित भए पछि हिजोको भएको आफ्नो पहिलो खेलमा गण्डकी प्रदेश माथि ५९ रनको जित दर्ता गराएको सुदुरले सेमीमा स्थान बनाउन आफ्नो अन्तिम खेल सम्म कुर्न पर्ने भएको छ ।

५४ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको प्रदेश १ ले पाँच विकेट गुमाएर १५ दशमलब एक ओभर खेल्दै पाँच बल अगावै खेल जितेको हो ।

प्रदेश १ को जितमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् भने अप्सरा बेगमले नौं, काजल श्रेष्ठले एक, रोमा थापाले पाँच, लातिका राजबंशीले तीन रनको योगदान दिए भने नग्मा तामांङ र संगीता राई क्रमश सात र दुई रनमा अविजित रहे ।

यस अघि हुस्सुका कारण ढिला गरेर सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिंङ गर्ने निर्णय गरेको सुदुरले पुरै १६ ओभर खेल्दै आठ विकेटको नोक्सानीमा ५३ रनको सामान्य योगफल बनाउन सक्यो ।

सुदुरको लागि कविता जोशीले अविजित रहँदै १७ बलमा सर्वाधिक १४ रन जोडिन् १० औं नम्बरमा ब्याटिङ गर्न आएकी लक्ष्मी साउदले अविजित नौं रनको पारी खेलिन् ।

सुदुरलाई सस्तैमा रोक्ने क्रममा संगीता राईले सर्वाधिक तीन तथा सबनम राईले दुई विकेट लिए । संगीताले चार ओभरमा १० रन खर्चादा सबनमले तीन ओभरमा १४ रन खर्चन पुगिन् ।

 

 

Click to comment

Trending