Headline

प्रिमियर लिग आज: टोटनह्याम र फुलह्याम भिड्दै, न्युकासल विरुद्ध खेल्दै लिभरपुल

Published

on

प्रिमियर लिगको १६ औँ चरणको अन्तिम खेलमा वुधबार टोटनह्यामले फुलह्याम विरुद्ध खेल्दै छ । लन्डन डर्बी अन्तर्गत पर्ने यो खेलम टोटनह्यामले यो खेल घरमा खेल्न लागेको हो ।

फुलह्यामसँगको पछिल्लो ११ खेलहरुमा १० खेलमा जित हात पारेको टोटनह्यामले २०१३ मा घरमा १-० ले पराजित भए देखी खेल हार्नु परेको छैन । २००८ मा २-१ ले हराए देखी फुलह्यामले टोटनह्यामलाई एक गोल भन्दा बढी हान्न सकेको छैन् । २०२० को फेब्रुअरीमा चेल्सीसँग पराजित भए यता टोटनह्यामले लगतार सात लन्डन डर्बीहरु जितेको छ ।

टोटनह्यामका लागि शिर्ष चारमा रहन यो खेल जित्नै पर्ने दवाब रहने छ । यो खेलमा जित हात पारेमा टोटनह्याम तेस्रो स्थानमा उक्लिने छ भने फुलह्यामले यो खेल जितेमा रेलिगेसन जोनबाट बहिर निस्किदै १७ औँ स्थानमा उक्लिने छ । टोटनह्यामका लागि ग्यारेथ बेलले यो खेलमा सुरुवात गर्न सक्ने छन् ।

यो खेल नेपाली समय अनुसार ११:४५ मा सुरु हुनेछ ।

यस्तै अर्को खेलमा भने लिभरपुलले न्युकासल युनाइटेडको सामना गर्ने छ । शिर्ष स्थानमा रहदै तीन अंकको अग्रता बनाउने हो भने लिभरपुललाई यो खेलमा जित हात पार्नु पर्ने छ ।

न्युकासलले आफ्नो लगतार पाँच खेलमा लिभरपुललाई पराजित गर्न सकेको छैन । न्युकासलको घर सेन्ट जेम्स पार्कमा लिभरपुललाई यो खेलमा हराउन सके न्युकासल १२ औँ स्थानमा उक्लिने छ । लिभरपुलले भने यो खेल जित्ने हो भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भन्दा पाँच अंकको आग्रता लिने छ ।

लिभरपुलका लागि यो खेलमा जोएल म्याटिपले खेल गुमाउने छन् । वेष्ट ब्रोमसँगको अघिल्लो खेलमा चोट बोके पछी म्याटिपले यो खेल खेल्न सक्ने छैनन् । यस्तै लिभरपुलका फर्वार्द डिएगो जोटा र भर्जिल भ्यान डाइक पनि चोटग्रस्त रहेका छन् ।

यो खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुने छ ।

Click to comment

Trending