Headline

मेस्सीबिनाको बार्सिलोना आइबारसँग रोकियो

Published

on

चोटग्रस्त लियोनल मेस्सी उपस्थित नहुँदा बार्सिलोनाले स्पेनिस ला लिगामा आइबारसँग १–१ गोलको बराबरी खेलेको छ ।

मङ्गलवारको खेलमा मार्टिन ब्रेथवेटले पहिलो हाफमा पेनाल्टी मिस गर्नु पनि बार्सिलोनाका लागि घातक साबित हुन पुग्यो । निरन्तर खराब प्रर्दनपछि पुनरागमन गर्न थालेको बार्सिलोना बराबरीपछि छैटौं स्थानमा झरेको छ ।
गोलीगाँठोको चोटका कारण क्याम्प नोउमा स्ट्याण्डबाट खेल हेरेका मेस्सी मङ्गलवार बिहानमात्रै अर्जेन्टिनाबाट फर्किएका थिए ।

पहिलो हाफ गोल हुन नसकेपछि आइबारले ५७ औं मिनेटमा किके गार्सियामार्फत अग्रता लिएको थियो । तर १० मिनेटपछि नै औसमाने डेम्बेलेले बार्सालाई खेलमा फर्काएका थिए । ब्रेथवेटलाई निर्णायक गोल गर्ने अवसर थियो तर उनले निकै नजिकबाट गरेको प्रहार बाहिरिएको थियो ।

मङ्गलवारकै खेलमा भिलारियाललाई २–० ले पराजित गर्दै सेभिया अंक तालिकामा चौथा स्थानमा उक्लियो । भिलारियाल पाचौं स्थानमा रहेको छ । अंक तालिकामा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड समान ३२ अंकका साथ पहिलो र दोश्रो स्थानमा रहेका छन् ।

मङ्गलवारको अन्य खेलहरुमा काडिजले रियल भालाडोलिडलाई गोलरहित बराबरीमा रोक्यो भने हाई–स्कोरिङ्ग खेलमा लेभान्टेले रियल बेटिसलाई ४–३ ले पराजित गर्यो ।

Click to comment

Trending