Headline

एट्लेटिकोले गर्‍यो कोस्टाको सम्झौता खारेज

Published

on

एट्लेटिको म्याड्रिडले आफ्नो फर्वार्ड डिएगो कोस्टाको २०२१ सम्म रहेको सम्झौता खारेज गरेको छ ।

डिएगो कोस्टाले आफ्नो सम्झौता जनावरीमा खारेज गर्न एट्लेटिकोलाई अग्रह गरेका थिए । डिएगो सिमिओनेको मुख्य स्ट्राइकरको रुपमा कोस्टाले एट्लेटिकोका लागि २०१० देखी २०१४ (२०१२ मा रायो भाल्लेकानोमा लोन) र २०१७ मा चेल्सीबाट फर्किए देखी २०२० सम्म खेलिरहेका थिए ।

एट्लेटिको र कोस्टाको बिच सम्बन्ध चिसिएका कारण सम्झौता खारेज भएको हुन सक्ने स्पेनिस संचार माध्यमहरुले बताएका छन् । कोस्टा गएको साता क्लबमा भएको अभ्यासमा अनुपास्थित भए पछि उनले आफुलाई क्लबमा बस्न मन नभएको र आफ्नो सम्झौता जनवरीमा खारेज गर्न क्लबलाई आग्रह गरेका थिए ।

उनले एट्लेटिकोका लागि ५५ गोल समेत गरेका छन् ।

यस्तै सम्झौता खारेज पछि कोस्टा आउने जनवरीको ट्रान्सफर विन्डोमा ‘फ्री एजेन्ट’ को रुपमा कुनै पनि क्लब जान सक्ने छन् । कोस्टाको सम्झौता खारेज भए पछि एट्लेटिकोले नापोलीका फर्वार्ड अन्द्रे पेटग्नालाई क्लब भित्र्याउन सक्ने छ भने युभेन्टसमा लोनमा भएका फर्वार्ड अल्भारो मोराटालाई पनि फिर्ता बोलाउन सक्ने छ ।

Click to comment

Trending