Headline

कप्तान रुबिनाको अर्धशतकमा प्रदेश १ को सहज जित 

Published

on

कप्तान रुबिना क्षेत्रीले अर्धशतक तथा नग्मा तामाङ र अप्सरी बेगमको उत्कृस्ट बलिङ गरे पछि प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश माथि ४६ रनको फराकिलो जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले आफ्नो पारीको पहिलो बलमा नै ओपनर काजल श्रेष्ठलाई गुमाए पनि कप्तान रुबिना क्षेत्रीले अर्धशतक प्रहार गर्दै आफ्नो टोलीको पारी सम्हालेकी थिइन् । प्रदेश १ ले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा पंचा विकेट गुमाएर १०६ रनको योगफल बनायो ।

ओपनिङमा आएकी कप्तान रुबिनाले ५५ बल खेल्दै छ चौकाको मद्धतमा ५५ रन बनाइन् । कप्तान रुबिना बाहेक पाँचौं नम्बरमा ब्याटिङ गर्न आएकी अप्सरी बेगमले १३ बलमा एक छक्का सहित अविजित १६ रनको योगदान दिइन् । जारी प्रतियोगितामा यो पहिलो छक्का हो ।

बागमतीको तर्फबाट आरती बिडारीले सर्वाधिक दुई विकेट हात पारिन् ।

१०७ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा आएको बागमतीले १६ दशमलब चार ओभरमा आफ्ना सबै बिकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो ।

बागमतीको तर्फबाट ओपनर कन्चन श्रेष्ठले १३ तथा सुमन खतिवडाले १२ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश १ को जितमा बलिङ तर्फ नग्मा तामाङले सर्वाधिक तीन तथा अप्सरी बेगमले दुई विकेट हात पारे । नग्माले तीन ओभरमा १२ रन खर्चिदा अप्सरीले एक ओभरमा मात्र तीन रन खर्चन पुगिन् ।

Click to comment

Trending