Headline

क्यानले बेच्यो नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको प्रायोजन अधिकार

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले एएनएस ग्रुप अफ कम्पनि अन्तर्गतको एडप्याड प्रा लि. लाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको प्रायोजन अधिकार बेचेको छ । आज एक कार्यक्रम क्यानका अध्यक्ष चतुर बहादुर चन्द र एएनएसका अध्यक्ष सुदिप थापाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

आजको सम्झौता पछि एडप्याड राष्ट्रिय टोलीको जर्सीमा बिज्ञापन खोज्ने र बेच्ने अधिकार प्राप्त गर्नेछ । उक्त सम्झौता १५ महिनाको रहने छ । क्यान र  एडप्याडले सम्झौता रकम खुलाएको भने छैन । तर विस्पोर्टज्लाई प्राप्त सूचना अनुसार क्यानले एडप्याडबाट उक्त अवधिमा एक करोडको हाराहारीमा नगद प्राप्त गर्नेछ ।

क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषदको निलम्बनमा परे देखि अहिले सम्म स्पोन्सर बिहिन रहेको छ । नयाँ कार्यसमितीको चुनाब भए पछि आईसीसीको निलम्बन फुकुवा हुँदा पनि क्यानले अहिले सम्म स्पोन्सर भेट्न सकेको थिएन । यस सम्झौता पनि क्यानले केहि राहात भने महसुस गर्ने देखिन्छ ।

कोरोनाका कारण गत फाल्गुन देखि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको नेपालले अब वर्ल्डकप लिग टु अन्तर्गत आफ्नो दोश्रो त्रिकोणात्मक शृंखला मार्चमा घरेलु टोली ओमान र अमेरिका विरुद्ध खेल्ने छ ।

Click to comment

Trending