Headline

पाकिस्तान विरुद्धको पहिलो टेस्टमा न्युजिल्याण्ड जित तर्फ अग्रसर  

Published

on

पाकिस्तान टोली विरुद्धको पहिलो टेस्टमा घरेलु टोली न्युजिल्याण्ड जित तर्फ अग्रसर भएको छ ।

न्युजिल्याण्डले दिएको ३७३ रनको विशाल लक्ष्य पक्ष्याएको पाकिस्तानले चौथों दिनको खेलको समाप्तिमा पाकिस्तानले ३८ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा ७१ रन बनाएको छ। पाकिस्तानले खेल जित्ने हो भने अन्तिम दिन ३०२ रन जोड्न पर्ने छ भने हार टार्ने हो भने उसले सात विकेट जोगाउन पर्ने छ ।

चौथों दिनको खेलको समाप्तिमा अजर अलि ३४ रनमा तथा फवाद आलम २१ रनमा अविजित रहेका छन् । उसका ओपनरद्वय रनको खाता नखोली तथा ह्यारिस सोहेल नौं रनमा आउट भए ।

न्युजिल्याण्डका टिम साउथिले दुई तथा ट्रेन्ट बोल्टले एक विकेट हात पारेका छन् ।

आज नै आफ्नो दोश्रो पारी सुरु गरेको न्युजिल्याण्डले ४५ दशमलब तीन ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १८० रन जोड्दै आफ्नो पारी सकिएको घोषणा गरेको थियो ।

न्युजिल्याण्डको तर्फबाट दोश्रो पारीमा ओपनरद्वय टम ब्लनडेल र टम लाथमले क्रमश ६४ र ५३ रन जोड्दै पहिलो विकेटका लागि १११ रनको साझेदारी गरे । तर त्यस पछि आएका ब्याट्सम्यानहरुले उलेख्य रन जोड्न सकेनन् । कप्तान केन विलियमसन २१ तथा हेनरी निकोल्स ११ रनमा आउट भए भने रस टेलर १२ रनमा अविजित रहे ।

पाकिस्तानका नसीम शाहले सर्वाधिक तीन तथा मोहम्मद अब्बासले एक बिके आफ्नो नाममा दर्ता गराए ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले न्युजिल्याण्डले पहिलो पारीमा १५५ ओभर खेल्दै ४३१ रन बनायो ।

न्युजिल्याण्डको तर्फबाट कप्तान विलियमसनले २९७ बल खेल्दै १२ चौका र एक छक्काको मद्धतमा सर्वाधिक १२९ रन बनाएर यासिर शाहको बलमा आउट भए । टेस्टमा विलियमसनको यो २३ औं शतक हो ।

विलियमसन बाहेक न्युजिल्याण्डका बिजे वाटलिङ, रस टेलर र हेनरी निकोल्सको क्रमश १४५ बलमा ७३ रन, १५१ बलमा ७० रन तथा १३७ बलमा ५६ रनको पारी खेले । त्यस्तै कायल ज्यामिसनले पनि ३२ रनको योगदान दिए ।

पाकिस्तानका शाहीन अफ्रिदीले सर्वाधिक चार तथा यासिर शाहले पनि तीन विकेट हात पारे ।

आइतबार दोश्रो दिनको समाप्तिमा एक विकेटको क्षतिमा ३० रनबाट सोमबार खेल्न शुरु गर्दा पाकिस्तान सस्तैमा समेटिने देखिएको थियो । ८० रनमै ६ विकेट गुमाएपछि पाकिस्तानको इनिङ्गस धर्मरायो । तर रिज्वान र असरफले सातौं विकेटको लागि शतकीय साझेदारी गर्दै पाकिस्तानको नाक जोगाए ।

बर्षाले प्रभावित तेश्रो दिनको खेल समाप्त हुदा पाकिस्तान २ सय ३९ रनमा अल आउट हुन पुग्यो भने फलो अन बचाएको थियो । रिज्वान र असरफले १ सय ७ रनको साझेदारी गरे ।

असरफले ९१ रन बनाए भने रिज्वानले ७३ । असरफले ९ चौका र एक छक्का प्रहार गरेका थिए । रिज्वानले ८ चौका हिर्काए । न्युजिल्याण्डका लागि कायल जेमिसनले तीन विकेट लिए भने निल वाग्नर, टिम साउदी र ट्रेन्ट बाउल्टले पनि २–२ विकेट हात पारेका थिए ।

Click to comment

Trending