Headline

प्रिमियर लिग आज: आर्सनलले ब्राइटनको सामना गर्दा, वुल्भ्सले युनाइटेड विरुद्ध खेल्दै

Published

on

प्रिमियर लिगमा मंगलबार पाँच खेलहरु हुँदै छन् । पहिलो खेलमा आर्सनलले ब्राइटनसँग खेल्दै छ । अघिल्लो खेलमा चेल्सीलाई ३-१ ले पराजित गर्दै १५ औँ स्थानमा यथावत रहेको आर्सनललाई यो खेल जित्दै अंक तालिकामा सुधार गर्ने मौका हुने छ । आर्सनल भन्दा एक स्थान तल रहेको ब्राइटनलाई पनि यो खेलमा नतिजा आवश्यक रहेको छ ।

आर्सनलका लागि यो खेलमा तीन अंक हात पर्ने हो भने नोभेम्बर १ देखी दुई खेलमा मात्रै जित हात पार्ने छ । ब्राइटनले भने २ खेल मात्रै जित्दा ७ खेलमा बराबरी गरेको छ । आर्सनलका लागि यो खेलमा डिफेन्डर गाब्रियलले खेल गुमाउने छन् भने चेल्सीसँग खेल गुमाएका डेभिड लुइज र विलियान यो खेलका लागि फिर्ता आउन सक्ने छन् ।

यस्तै अन्य खेलहरुमा साउथह्याम्प्टनले वेष्ट ह्यामको सामना गर्दा वेष्ट ब्रोमले लिड्स युनाइटेड र बर्नलीले सेफिल्ड युनाइटेडको सामना गर्दै छ । यि सबै खेलहरु नेपाली समय अनुसार ११:४५ मा सुरु हुने छन् ।

यस्तै मध्यरातको खेलमा भने वुल्भ्सले म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ । युनाइटेडको घर ओल्ड ट्राफोर्डमा हुने खेलमा जित हात पार्न सके घरेलु टोली युनाइटेड दोस्रो स्थानमा उक्लिने छ । यो खेलमा तीन अंक ल्याउन सकेमा वुल्भ्स भने १० औँ स्थानमा उक्लिने छ ।

युनाइटेडका लागि डेफेन्डरमा केही फेरबदल हुन सक्ने छ भने वुल्भ्सका लागि अझै पनि राहुल जिमिनेज फिट भएका छैनन् । युनाइटेडले १२ अवे खेलहरुमा अपराजित रहेको छ । घरमा भएको खेलहरुमा भने युनाइटेडले जितको लय कायम राख्न सकेको छैन ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

Click to comment

Trending