Headline

कोहली दशककै उत्कृष्ट क्रिकेटर, एलिज पेरीलाई तीन पुरस्कार

Published

on

भारतीय कप्तान बिराट कोहलीले यो दशककै उत्कृष्ट पुरुष क्रिकेटर घोषित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले पहिलो पटक ल्याएको दशक पुरस्कारमा कोहलीले बाजी मारेका हुन् ।

कोहली दशकको उत्कृष्ट एकदिवसीय क्रिकेटर पनि भएका छन् । यसै अवार्डको एशोसिएट बिधामा पुर्व नेपाली कप्तान पारस खड्का पनि मनोनित भएका थिए । पारसलाई पछि पार्दे स्कटल्याण्डका कप्तान काइल कोट्जरले यस बिधामा बाजी मारेको आईसिसिले आइतबार सार्वजनिक गरेको थियो ।

यस्तै अष्ट्रेलियाकी एलिज पेरी दशकको उत्कृष्ट महिला क्रिकेटर घोषित भइन् । पेरी उत्कृष्ट एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय महिला क्रिकेटर पनि बनिन् । पुर्व अष्ट्रेलियन कप्तान स्टिभन स्मिथ उत्कृष्ट टेस्ट क्रिकेटर बन्न सफल भए ।

अफगानिस्तानका लेग स्पिनर भने दशककै उत्कृष्ट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट बने । पुर्व भारतीय कप्तान महेन्द्र सिँह धोनीले भने आईसिसि स्पिरिट अफ द क्रिकेट अवार्ड अफ द डिकेड जिते ।

सन् २०११ मा भएको नटिंघम टेस्टमा इयान बेललाई रनआउट दिइसकेपछि धोनीले फेरि क्रिजमा बोलाउदा उनले यो पुरस्कार पाएका हुन् ।

Click to comment

Trending